त्यो रात : आँखैअघि आगोले निल्यो एकै परिवारका पाँच सदस्य

त्यो रात : आँखैअघि आगोले निल्यो एकै परिवारका पाँच सदस्य

हङकङ : पूजा नेपाललाई थाहा थिएन, सुन्दर परिवार र जीवन सेकेन्डभरमा तहसनहस हुन्छ भनेर। अनेकौं सपना र जीवनप्रतिको मोहलाई आगोको लप्काले, आफ्नै आँखा अगाडि धुँवासँगै विलिन गरायो। 

सन् २००७ मा विवाहपश्चात आफ्नो श्रीमान र दुई छोराहरुसँगै हङकङलाई कर्मथलो बनाईरहेकी थिईन पूजाले। प्रेमील वातावरणमा जीवनका प्रहरहरु वितिरहेको थियो। मायालु श्रीमान र दुई छोरा जीवनको उद्गम र गन्तब्य बनेका थिए । 

मिस हङकङ नेपालमा समेत सहभागी भएकी पूजा विवाहपश्चात आफ्नो मोडलिङ करियरभन्दा परिवारको खुसीमा रमाईन्। हरेक विदामा आफ्ना छोरा र श्रीमानसँग रमाईलो गरेको, प्रेम प्रर्दशन गरेका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्थिन्। साथीभाई र परिवारले गरेका शुन्दर प्रतिक्रियाले उनलाई अझ हौसला र प्रेरणा मिल्थ्यो। 

पूजा भन्छिन् मेरो परिवार नै संसार लाग्थ्यो मलाई। कसैसँग पार्टी वा घुम्न जाने भन्दा आफ्नो परिवारसँग केही समय बिताउन पाउँदा पनि आफूलाई खुसी महशुस गर्थे। परिवारसँगको विछोड मेरो कल्पनाभन्दा बाहिर थियो। 

केही दिन अघि विवाहको १३औ वार्षीक उत्सव मनाएको पूजाको जीवनमा यस्तो कालो दिन आयो, जुन कसैले कल्पनासम्मपनि सायद गर्दैनन्।  पूजा, श्रीमान रामबाबु नेपाल, दुई छोरा रायन र प्रिन्सलाई पारिवारिक भेलासहित दाईको छोराको जन्मदिन मनाउँनका लागि निम्तो आयो। पूजा काममा थिईन, श्रीमानको विदा थियो। कामबाट फर्केपछि सपरिवार नै निम्तो गरिएको पार्टीमा जान तयार भए। 

काममा थाकेकी पूजा अल्छि मान्दै तयार भईन्। श्रीमान र दुई छोरा खुसीले पुकलित थिए, कारण पारिवारिक भेटघाट थियो। दाईको सानो छोराको जन्मदिन मनाउँनका लागि केक तयार थियो, अब केक काट्नुपर्छ अनि खानपिन गर्दै नाँचगानगरी रमाईलो गर्नुपर्छ भन्दै सबैजना गफमा ब्यस्त थिए। 

अचानक रेष्टुरेन्टमा आगलागी सुरु भयो। तिहारको पूर्वसन्ध्यामा दिपावलीको लागि राखिएको दियोबाट सल्केको आगोलाई त्यस्तो ठूलोरुपमा कसैले लिएनन्। बोतलमा भएको पानीले निभाउँने प्रयास गर्दागर्दै, भित्तामा टासिएको ध्वनी प्रतिरोधात्मक वालपेपरबाट आगो सकेन्डभरमा कोठाभरी फैलियो। 

प्रचुर कालो धुवाले सबैजना निस्सासिय। आगलागी सुरुभएपछि विद्युतपनि कट भयो। धुवा र अध्यारोमा कहाँ जाने के गर्ने कसैले केही सूर पाएनन्। पछाडिको ट्वाईलेट नजिकैभएको सानो झयाल फुटाएर कोही भाग्ने तयारी गर्दैथिए। कोलाहल र चिच्याहटले वातावरण विक्षिप्त बनिरहेको थियो। 

सानो झ्यालबाट पालैपालो निस्कने प्रयास हुँदै थियो। पूजाले श्रीमान र छोरालाई अँध्यारोमा ठम्याउँनै सकिनन्। आफ्नो सानो छोरा रुँदै छेउमा आएपछि अरुको सहयोगमा छोरालाई झयालबाट बाहिर फ्याकिदिईन। झयालको छेउमा बसेर अन्य आफ्न्तहरुलाई बाहिर निस्कनका लागि सहयोग गरिरहिन पूजाले। 

उनलाई लाग्यो, आफ्नो श्रीमान शारिरीकरुपमा फिट थिए, ठूलो छोरालाई लिएर पक्कै बाहिर निस्किए होलान्। अन्य आफन्त दाई, भाउजु र छोरीहरु धुवाको कालो मुस्लोमा देखिएका थिएनन्। मोबाइलको सानो लाईटसँगै खोजेर बाहिर निकाल्ने प्रयास गरिरहेकी थिईन, पूजा। नजिकै गिलासमा भएको पानी छ्याप्ने प्रयासपनि गरिरहिन उनले। 

आगोले विशालरुप लिँदै गयो, भित्र भएको ग्यास सिलिण्डर र अन्य आगलागीजन्य पदार्थहरुले आगोलाई अझ ठूलो बनाउँदै पड्किएको आवाज निकाल्न थाल्यो। पूजालाई अब आफूपनि बाहिर निस्कनुपर्छ भन्ने लाग्यो। तलबाट सबैले झ्यालबाट आउँ भनेको कहाँकहाँ सुनिरहेकी थिईन उनले। बेहोस मनस्थितीमा तल झरिन पूजा। जब सानो छोरालाई देखिन, उनको होस खुल्यो अनि खोज्न थालिन श्रीमान, ठूलो छोरा र अन्य आफन्तहरु। 

यतिबेलासम्म प्रहरी, दमकल र ठूलो संख्यामा मानिसहरुको भेला भईसकेको थियो। पूजा रुँदै आफ्ना आफन्तहरु खोजिरहेको थिईन्। लगभग ७, ८ घण्टा पश्चात अस्पतालहरुबाट खबर आउँन थाल्यो, मृतकका आफन्तहरुलाई पहिचानका लागि अनुरोध गर्न थालियो। जब पूजालाई अस्पतालका स्वंयमसेवकहरुले तपाईंको श्रीमान र छोरालाई बचाउँन सकिएन भने, उनलाई पत्यार लागेन्। 

आँखा अगाडी श्रीमान र छोरा निर्जिव भई सुतिरहेका थिए, पूजा एकतमास उनीहरुलाई हेरिरहेकी थिईन्। अन्तत श्रीमान, छोरासँगै आफ्ना प्रिय दाई युवराज कँडेल छोरीहरु कृतिका कँडेल, सुरक्षा कँडेलगरी परिवारका पाँचजनालाई गुमाईन, पूजाले। 

अनि सुरु भयो पूजाको साहस र सङ्घर्ष
जीवनमा दुःख र विछोडका दिनहरु सोचमा मात्र पनि नराखेकी पूजाले कठोर समयमा सुरु गरिन एक्लै जीवनका यात्राहरु। बाबा, आमा नेपालमा नै भएकाले कागजी प्रक्रिया र दाहसंस्कारका लागि पूजालाई एक्लै उभिनु पर्नेभयो। हङकङमारहेका नेपाली संघसंस्था, प्रतिनिधिहरुको निरन्तर ढाडस र सहयोगले उनलाई आत्मबल मिल्दै गयो। दैनिकजसो चार, पाँचसय मानिसहरु उनको घरमा आउँन थाले, विदेशी भूमिमा नेपालीहरुको साथ र सहयोगले उनलाई सान्त्वना मिल्दैगयो। 

हङकङ सरकार र स्थानीयहरुको माया र सद्भावले पूजाको आँखा रसाउँछ। उनी भन्छिन् हामी विदेशीहरुप्रति हेयको दृष्टिकोणले हेर्छौ, उनीहरुमा हामीप्रति संवेदना छैन भन्ने सोच्छौं तर हैन रहेछ। मेरो हर आँशु र पीडालाई नजिकबाट बुझिदिए उनीहरुले, मेरो खुसी र आगामी जीवनका लागि प्राथना गरिदिए,। सामाजिक, आर्थिक र मनोवैज्ञानिक तवरले बलियो बनाउँनका लागि उनीहरुको सद्भाव अतुलनिय छ। 
परिवारको आयआर्जन गर्ने खम्बा नै नभएपछि मैले के गर्ने सोच्न सकिरहेकी थिईन तर सबैको माया, प्रेम, सहयोग र सद्भावले मलाई बलियो बनायो। 

जीवनप्रतिको दृष्टिकोण परिवर्तन गरे, सायद मेरो लेखान्त त यहि थियो। म बाँचेर मेरा आफन्तहरुका लागि आँशु बगाउँनु थियो। उनीहरुको आत्माको शान्तिको कामना गर्नुथियो। पूजा भन्छिन् मेरो कुनै सपना छैन् अनि भविष्यका लागि कुनै तयारी पनि। म वर्तमानमा बाँच्न चाहन्छु, मेरो छोराको खुसीको लागि रम्न चाहन्छु। मेरो सपना र भविष्य, आँखै अगाडी धुवाँसँगै आकाशमा विलिन भईसकेको छ। 

उनको गुनासो नेपाल सरकारसँगपनि छ, हङकङ सरकारले घटनाप्रति चासो र चिन्ताब्यक्त गर्दै सहानुभूती र सहयोग गर्यो तर आफ्नो देशबाट आधादर्जन नागरिकको मृत्यु हुँदा सरकारी निकायबाट कसैले शोकसम्म ब्यक्त गरेनन्। 

पूजा सम्पूर्ण नेपालीहरुलाई अपिल गर्छिन आफ्नो सुरक्षा आफैगरौं, अनाधिकृतरुपमा सुरक्षाका नियमहरुलाई पालना नगरिएका होटल, रेष्टुराँहरुमा नजाऔं। आफ्नो परिवारभन्दा ठूलो र महत्वपूर्ण संसारमा अरु केही पनि छैन। सकेसम्म आफ्नो परिवारसँग जीवनका अविस्मरणीय पलहरु बिताऔं। 

आफ्ना श्रीमान, छोरा र परिवारका अन्य तीन प्रिय सदस्यहरुलाई आँखै अघि गुमाएकी पूजालाई श्रीमान कही घुम्न गए जस्तो लाग्छ, आफ्नो भाईसँग मिल्ने र सधैसँगै खेल्ने ठूलो छोरा स्कुल गएजस्तो लाग्छ। उनलाई थाहा छ, उनीहरु अब कहिल्यै फर्किदैनन् तर उनको आश र भरोसाले विश्वास नै गर्दैन्। अनाहकमा उनीहरुको बाटो हेरिरहेकी हुन्छिन् उनी। 

यस्तो थियो घटना
नेपालीहरुको बाक्लो बसोबास रहेको याउमातेस्थित क्यान्टोन रोड र साईगोन रोडको बीचमा पर्ने जिरेखोर्सानी नामको एक नेपाली रेष्टराँमा भिषण लागलागी भएको थियो। बर्थ डे पार्टी मनाईरहँदा दिपावलीको लागि ढोकानजिकै बालेको दियोबाट आगलागी सुरु भएको थियो। 

रातको करिब ८ बजेसुरु भएको आगलागीले केही क्षणमै भयानकरुप लिएको थियो। सानो ठाउँ, आपतकालिनद्धार, आगलागी सूचक ढोका, आगलागी सहायता सामाग्री समेत नभएकाले धुवाँले निस्सासिएर र झयालबाट भाग्दा ८ जनाको मृत्युसँगै अन्य गम्भिर घाईते भएका थिए। घटनामा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीय कृतिका कँडेल, १८ वर्षीय सुरक्षा कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९वर्षीय रायन नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीय अनिता निरौला र ४० वर्षीय विनिता तामाङ्ले ज्यान गुमाएका थिए। 

आगलागीमा घाईते भएकाहरुको अहिलेपनि उपचार भईरहेको छ। हङकङकै ईतिहासमा डरलाग्दोरुपमा हताहती भएको घटना भएको भन्दै हङकङ सरकार प्रमुख क्यारी लामले घटनास्थलको निरिक्षण गर्दै पीडितहरुलाई राहत घोषणा गरेकी थिईन्। स्थानीय संघसस्थाहरुले पीडितहरुको सामाजिक सुरक्षाका लागि विभिन्न प्रकारका सहयोगहरु गरेका थिए। 

नेपाल घुम्न जाँदाका पूजाको पूर्ण परिवार


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.