जिल्ला प्रशासन धनकुटामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
धनकुटा(अस) : जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरीएको छ। सार्वजनिक सूचनाजारि गर्दै १२ गतेदेखि लागू हुनगरी १८ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए।
जारी गरिएको सूचनामा नयाँ नागरिक\नागरिकता प्रतिलिपी÷\नाबालक परिचयपत्र सम्बन्धी कार्य, राहदानी वितरण, दु्रत सिफारिस तथा राहदानी प्रयोजनको लागि नागरिकता अभिलेख प्रमाणिकरण, राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य, संघ÷संस्था दर्ता, नविकरण तथा संघ÷संस्था सम्बन्धी अन्य कार्यहरु, पेन्सन सम्बन्धी कार्य, हातहतियार नविकरण तथा विष्फोटक पदार्थ अनुमतिपत्र सम्बन्धी कार्य, अन्य प्रमाणित तथा सिफारिसलगायतका सेवा वन्द गरिएको छ। त्यस्तै शान्ति सुरक्षा सम्बन्धी कार्य, मुद्धा सम्बन्धी कार्य, विपद् तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य, अत्यावश्यक आन्तरिक प्रशासनिक कार्य भने सूचारु हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !