एक क्वीन्टल कुखुरासहति मोटरसाइकल बरामद

एक क्वीन्टल कुखुरासहति मोटरसाइकल बरामद

मलंगवा : भारतबाट नेपालतर्फ ल्याउँदै गरेको जिउँदो कुखुरासहित सशस्त्र प्रहरीले सर्लाहीको पर्सा नाकाबाट दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ।

प्रहरीको आँखा छलेर मोटरसाइकलमा झुण्डयाएर ल्याउँदै गरेको तयारी अवस्थामा रहेको कुखुरा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको कुखुराहरुको तौल अन्दाजी एक क्वीन्टल रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले जनाएको छ। कुखुरासहित प्रहरीले प्रदेश २ ०२ ००१प ९५६२ नम्बरको नेपाली मोटरसाइकल र बीआर ३० एस १३६९ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ। 

चेकजाँचमा रहेका प्रहरीलाई देख्ने बितिक्कै तस्करहरु मोटरसाइकल र कुखुरा छोडी फरार भएका छन्। बरामद गरिएको कुखुरालाई बिओपी मलंगवामा ल्याई खाल्डो खनी नष्ट गरेको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिएका छन्। बरामद गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाइएको निरीक्षक कार्कीले बताए।

एक हप्ता अगाडि पनि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ३ क्वीन्टल कुखुरा र ३ वटा मोटरसाइकललाई सशस्त्र प्रहरीले संग्रामपुर नाकाबाट बरामद गरेको थियो। भारतमा सस्तोमा कुखुरा पाउन थालेपछि व्यापारीहरु नेपालमा छोडी भारतबाट कुखुरा ल्याउन थालेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.