१६ वर्षसम्म बनेन छात्रावास

१६ वर्षसम्म बनेन छात्रावास

गौर : सम्झौताअनुसार १८ महिनामा निर्माण भइसक्नुपर्ने गौरस्थित श्री जुद्ध उमाविको छात्रावास भवन १६ वर्ष बितिसक्दा पनि अलपत्र छ। करोडांैको लागतमा भारतीय दूताबासको आर्थिक सहयोगमा उक्त छात्रावास निर्माण भइरहेको छ। २००४ सालमा स्थापित विद्यालयको छात्रावास, चमेनागृह तथा पर्खाल निर्माण गर्न दूतावासले आर्थिक सहयोग गरेको थियो। पहिलेको छात्रावास भवन जीर्ण हुँदै गएपछि त्यसलाई भत्काएर नयाँ बनाउन थालिएको थियो।

वर्षौंसम्म भवन निर्माणको काम अधुरै रहँदा बाँकी रहेका निर्माण सामाग्रीहरू अलपत्र छन्। निर्माणाधीन भवनको पर्खालमा झार उम्रिएका छन्। काठका झ्याल, ढोका कुहिन थालेका छन्। भारतीय दूतावासको सहयोगमा तत्कालीन जिल्ला विकास समिति रौतहटले २०६२ सालमा गोर्खा स्काइ क्यानियन जेभीसँग भवन बनाउन सम्झौता गरेको थियो। ५४ वटा कोठा भएको तीनतले भवन निमार्णका लागि कम्पनीले १६ वर्षअघि १ करोड ९८ लाख ७९ हजारमा ठेक्का सम्झौता गरेको थियो। एकतले भवन बनाउँदै गर्दा काम रोकिएको थियो।

पछिल्ला वर्षहरूमा बेलाबेलामा मन्त्रालयले भवनको विषयमा केकसो छ भनेर सोध्ने गरेका  विद्यालय प्रशासनलाई अलपत्र भवनबारेमा जानकारी नभएको जवाफ दिने गरेको विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले बताए। छात्रवास भवनको २०६२ वैशाख १५ गते तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले शिल्यान्यास गरेका थिए।

निर्माण अधुरो भएपछि तत्कालीन जिल्ला विकास समितिले २०६९ सालमा निर्माण कम्पनीलाई कालो सूचीमा राखी हर्जना भराउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको थियो। ठेकेदारले पहिले नै ३५ लाख पेस्की र ७३ लाख ७१ हजार पहिलो किस्ता रकम लिइसकेको जनाइएको छ। ‘निर्माण कम्पनीसँग १८ महिनाको सम्झौता रहेको कागजात छ। तर, १६ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन,’ जिल्लास्थित प्राविधिक कार्यालयका एक कर्मचारीले बताए।

गौरमा रहेको प्राविधिक कार्यालयले विभिन्न समयमा २० पटकभन्दा बढी निर्माणका विषयमा ठेकेदार कम्पनी पत्राचार गरेको जनाएको छ। त्यस समय आन्दोलन, चन्दा आतंकलगायतको कारण देखाउँदै काम गर्न असहज भएको र पछि सामानको मूल्य बढेकाले काम गर्न नसकेको कम्पनीले जवाफ दिँदै आएको छ। केही वर्ष अघिदेखि प्रदेश २ सरकारको सहयोगमा सोही विद्यालयमा १ करोड २० लाख लागतमा अर्को छात्रावास भवन निर्माण भइरहेको विद्यालय प्रशासनले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.