दार्चुला तिंकर सडकको थप ४ किलोमिटर निर्माण गर्ने जिम्मा नेपाली सेनालाई

दार्चुला तिंकर सडकको थप ४ किलोमिटर निर्माण गर्ने जिम्मा नेपाली सेनालाई

दार्चुला : सरकारले दार्चुलाको तुषारपानीदेखि कोठाधारसम्मको ४ किलोमिटर सडकको ट्रयाक निर्माण नेपाली सेनाबाट गराउने भएको छ। दार्चुला तिंकर सडक अन्तरगत सुनसेरासम्म अहिले ट्रयाक खुलेको छ। त्यहाँबाट अगाडि नेपाली सेना र ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो।

दार्चुला तिंकर सडक आयोजना कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेपछि थप ४ किलोमिटर (तुषारपानी देखि कोठेधारसम्म) सडक आयोजना नेपाली सेनाले निर्माणको जिम्मा पाएको हो। 

सम्झौता अनुसार काम नभएपछि ठेकेदार कम्पनी कारवाहीमा परेको थियो। कोठेधारदेखि तिंकरसम्म यसअघि नै ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ। अहिले उक्त क्षेत्रमा काम भइरहेको छ। महाकाली लोकमार्ग अन्तरगतको ४२५ किलोमिटर अन्तरगत दार्चुला खलंगादेखि तिंकरसम्म १३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम जारी छ।

सडक अन्तरगत यो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का स्वीकृत गरी ३ अर्ब ९७ करोड बजेट सुनिश्चित भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.