बाघ गणनाका लागि जडान गरिएका क्यामेरा गायब !

बाघ गणनाका लागि जडान गरिएका क्यामेरा गायब !

रौतहट : बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा हराउन थालेको छ। जिल्लाको पौराइ बन क्षेत्रमा जडान भएको क्यामेरा हराएको हो । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र  निकुञ्ज तथा डिभिजन वन कार्यालयले वनमा बाघ गणनाका लागि माघ ४ गतेदेखि क्यामेरा जडान गरेको थियो । 

पौराइ बन क्षेत्रमा जडान भएको दुईवटा क्यामेरा चोरी भएको हो । पौराइ वन क्षेत्रमा लगाएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्रविधिक टिकाराम थारुले जानकारी दिए ।  बाघको सम्भावित बासस्थान र पानी खान आउजाउ गर्ने स्थानमा एक सय २२ वटा क्यामेरा जडान गरिएकोमा दुईवटा हराएको हो । अन्यस्थानको क्यामेराको अवलोकन गर्ने र हराएको क्यामेराको खोजी भइरहेको बन्यजन्तु प्राविधिक थारुको भनाइ छ ।

गत वर्ष भएको बाघ गणनामा जिल्लाको वन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो । एक वर्षयता बाघ आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। यहि माघ ४ गते देखि सुरु भइ १५ दिनसम्म रौतहटको बनमा क्यामेरा जडान रहने डिभिजन बन कार्यालयले जनाएको छ । बाघ गणनाका लागि ठाउँठाउँमा क्यामराहरु जडान भएको हुँदा सो क्यामेरा नछुन बन कार्यालयले सूचना जारी समेत गरेको थियो ।

गत वर्ष पनि रौतहटको बनमा क्यामेरा जडान गरी बाघको गणना गरिएको थियो । रौतहटमा ४ वटा बयस्क बाघ भेटिएका थिए। रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर,पौराइ, रंगपुर लगायतका वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.