लागु औषध बरामद

लागु औषध बरामद

मलंगवा : सर्लाहीको बरहथवा नगरपालिका-१७ श्रीपुर कटानीबाट सशस्त्र प्रहरीले शुक्रवार ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाही मातहतका सुरक्षा बेश क्याम्प सुन्दरपुर चोहर्वाबाट खटेको गस्ती टोलीले १२ हजार पिस लागु औषध नाट्रोभेट बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाले जानकारी दिएका छन्।

ना ५५ प ९२८ नम्बरको २२० सीसी पल्सरको पछाडी बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा लागु औषध नाट्रोभेट बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक खानियाले बताए। चेकजाँचमा खटिएको टोलीलाई हेर्ने बित्तिकै लागु औषध र मोटरसाइकल छोडी तस्कर फरार भएको खानियाले बताए। 

बरामद गरिएको लागु औषध र मोटरसाइकल आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको खानियाले बताएका छन्। खुल्ला सीमाका कारण तस्करहरु विभिन्न बाटो प्रयोग गर्दै लागु औषध ओर्सादै आएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.