अन्तिम मतदाता नामावली तयारीमा जुट्यो पाल्पा

अन्तिम मतदाता नामावली तयारीमा जुट्यो पाल्पा

तानसेन : जिल्ला निर्वाचन कार्यालय पाल्पाले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागी मतदाता नामावलीको अध्यावधिकमा जुटेको छ। कार्यालयले जिल्लाका राजनितिक दल, सुरक्षानिकाय, स्थानीयतहका प्रमुख, पत्रकार, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख नागरिक समाजका अगुवाहरुसँग अन्तिम मतदाता नामावली अध्यावधिकको लागी छलफल गरेको छ। कार्यालयले २०७९ बैशाख २९ गते सम्म १८ बर्ष पुरा भएका मतदाताको परिचयपत्र सहितको नामावलीको अन्तिम टुङ्गो लगाउन जिल्लाका सरोकारवाला निकायहरु संग छलफलमा जुटेको हो। 

जिल्ला निर्वाचन कार्यालय पाल्पाले फागुन १९ गतेसम्म जिल्लाका १० वटा पालिकाका ८१ वटै वडाहरुका मतदाता नामावली प्रकाशित गरी सूचनापाटीमा टाँस गर्ने,  वडा वडा बाट फागुन २० गतेदेखि २२ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेको गल्ती सच्चाउन सिफारिस पठाउने, फागुन २३ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेका व्यक्तिको बसाई सराई, मृत्यु भएमा वा नेपाली नागरिता त्याग गरेको भए हटाउन जिल्ला निर्वाचन कार्यालयमा वडा बाट सिफारिस गर्ने, मतदाता नामावली विरुद्ध उजुरी परेका व्यक्ति लाई फागुन २४ गतेसम्म प्रमाणसहित सफाईको मौका दिने, मतदाता नामावलीविरुद्ध परेका उजुरीमाथि छानविन गरी हटाइएका मतदाताको नाम कार्यालयको सूचना पाटीमा प्रकाशित गर्ने,  फागुन २५ गते  प्रमाणसहित उजुरीविरुद्ध परेका नामावलीको अन्तिम टुङ्गो लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।  

अन्तिम मतदाता नामावली प्रकाशनको लागी भएको छलफलमा लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाईमन्त्री वीरबहादुर रानाले लोकतन्त्रको प्राण भनेकै आवधिक निर्वाचन भएकोले भयरहित सुरक्षित वातावरणमा निर्वाचन गराउन राज्यका सबै अंगहरु क्रियाशिल हुनुपर्ने बताए। कसैको डर धाक धम्की बिना स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा चुन्ने र चुनिने गरी निर्वाचनको वातावरण बनाउनुपर्ने मन्त्री रानाले जोड दिए।  भयरहित सुरक्षित निर्वाचनको लागी सुरक्षा निकाय क्रियाशिल भएर लाग्ने, सबै पक्षसँग समन्वय गरेर काम गर्ने, प्रमुख जिल्ला अधिकारी जनार्दन पन्तले बताए। 

फागुन  २५ गतेसम्मको अवधीमा वडा वडाबाट आएको अन्तिम नामावलीको विवरण पुन रुजु गरी प्रकाशन गर्ने, फागुन २६ गते जिल्लामा तयार भएको मतदाता नामावलीको अन्तिम विवरण निर्वाचन आयोगमा पठाउने गरी काम भइरहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख विनोद घिमिरेले बताए। 

जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी कल्पना पौडेलले मतदाता नामावली अध्यावधिक, सरोकारवालहरुको भुमिका, कार्यालयले गर्ने काम कर्तव्यहरु, राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार तथा पर्यवक्षेकहरुले गर्नुपर्ने काम तथा आचारसंहिताको विषयमा जानकारी गराएकी थिइन्। पाल्पामा २०७४ सालको निर्वाचनमा १ लाख ८१ हजार २ सय ५२ जना मतदाता रहेकोमा २०७८ माघ २४ गतेसम्म २ लाख ९ हजार ७ सय ९३ जना मतदाता दर्ता रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.