जो उद्धारमा खटिन्छन्

जो उद्धारमा खटिन्छन्

पोखरा : गण्डकी प्रदेश दिवसको दिन। एमसीसीको विरोधमा नेपाल बन्द थियो। सुरक्षा अधिकारीहरूको ध्यान यसमै केन्द्रित थियो। तर, बिहान ९ बजेतिर जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको १०० नम्बरमा फोन आयो, ‘सेती नदीको खोंचमा मान्छे खस्यो।’ खबर पाउनासाथ जिल्लाले वडा प्रहरी कार्यालय रामबजारको टोलीलाई उद्धारमा पठायो। तर, टोलीले उद्धार गर्न नसक्ने जानकारी जिल्ला प्रहरीलाई गरायो। 

त्यसपछि जिल्लाले नेपाल प्रहरीकै सशस्त्र प्रहरी गणलाई खबर पठायो। खबर पाउनासाथ गणका प्रहरी श्यामकान्त श्रीवास्तव तुरुन्तै रेडी भए। उनीसँगै थिए, गनबहादुर खुण्डलु, कुमार फाल मगर र दीपेन्द्र बोहोरा। खोंच नियाले पनि सुरुमा श्रीवास्तवलाई ‘उद्धार गर्न सकिन्न कि’ जस्तो लाग्यो। तर, उनी उपयुक्त ठाउँ हेरेर डोरी बाँधे र उद्धारमा गए। खोंचमा भीमबहादुर तामाङ २०० मिटर तल खसेका थिए।

त्यहीबेला उद्धारस्थलमा डीएसपी सुन्दर तिवारीसहित पुगे, जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापा। साथमा  जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सीडीओ जयनारायण आचार्य पनि थिए। त्यसपछि सशस्त्र प्रहरीको उद्धार टिम पनि डाकियो। भक्तबहादुर खत्री, कविराज क्षेत्री र विष्णु न्यौपाने पनि उद्धारमा गए भने नेपाली सेनाबाट कुमार लामा र सन्तोष सुनार पुगे। 

कुमारले खोंचमा खसेका भीमबहादुरको नजिक गए। भीमबहादुरलाई हात भाँचिएको अवस्थामा भेटे। भीमको जिउमा डोरी  बाँधेर कुमारले श्रीवास्तवलाई तान्न लगाए। सबैजना मिलेर तामाङको उद्धार गरे।  सेती नदी किनारमा कुनै छेकबार नभएका कारण यस्तो घटना दोहोरिरहन्छ। कति बग्छन्, कतिले ज्यान गुमाउँछन् भने कोही अक्करमा अड्किन्छन्। थाहा भएसम्मको उद्धारमा श्रीवास्तवको समूहले नै गरिरहेको हुन्छ।  अहिलेसम्म करिब ३ दर्जनभन्दा बढीको उद्धार गरिसकेको बताउँछन्, श्रीवास्तव । उनी भन्छन्, ‘अहिलेसम्म खै कतिजनालाई बचायौं गनेको त छैन। तर, ३ दर्जन जति  पुगेका होलान्।’ 

फिल्डमै गएर उनीहरूको दुःख र साहस हेरेका एसपी रमेश थापा र सीडीओ जयनारायण आचार्यले शनिबार प्रजातन्त्र दिवसका अवसरमा उद्धारमा खटिएका ९ जनालाई जिल्ला सुरक्षा समितिका तर्फबाट सम्मान गर्दै प्रशंसापत्र प्रदान गरे। त्यस्तै, एसपी थापाले यो सम्मानसँगै अरू पुरस्कार र पदवीका लागि पनि सिफारिस गरिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.