गाउँमै बर्थिङ सेन्टर बन्ने भएपछि स्थानीय उत्साहित

गाउँमै बर्थिङ सेन्टर बन्ने भएपछि स्थानीय उत्साहित

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–११ तुलसीस्थित चुरेमा बर्थिङ सेन्टर बन्ने भएपछि त्यस भेगका स्थानीय उत्साहित भएका छन्। जिल्लाकै दुर्गम क्षेत्र मानिने तुलसीमा बर्थिङ सेन्टर(प्रसुती गृह) भवनको निर्माण कार्य सुरु भएपछि स्थानीय उत्साहित बनेका हुन्।

मधेस प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतोले एक कार्यक्रमकाबीच स्वास्थ्य चौकी तुलसी चौडाको परिसरमा बर्थिङ सेन्टर भवनको शिलान्यास गरेपछि औपचारिक रुपमा निर्माण कार्य सुरु भएको हो। उक्त क्षेत्रकै प्रदेशसभा सदस्य रहेका मन्त्री महतोको पहलमा प्रदेश सरकारको २० लाख रुपैयाँको बजेटले भवन निर्माण कार्य सुरु गरिएको बर्थिङ सेन्टर भवन निर्माण समितिका अध्यक्ष जीतबहादुर खड्काले जानकारी दिए।

चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण कार्य सम्पन्न गर्ने समयावधि भएतापनि निर्माण कार्यलाई तीव्रता दिएर त्यस अगावै भवन तयार गर्ने योजना रहेको उनले बताए। अहिले बर्थिङ सेन्टर नहुँदा गर्भवती महिलालाई प्रसुती गराउन त्यस भेगका स्थानीयलाई जोेखिमपूर्ण लामो दुरीको यात्रा गरेर शहरका अस्पतालहरु चहार्नुपर्ने बाध्यता छ। 

अब गाउँमै प्रसुती गृह निर्माण भइसकेपछि सुत्केरी गराउन निकै सजिलो हुने स्थानीय नर्बदा कार्कीले बताइन्। ‘नजिकै बन्ने बर्थिङ सेन्टरले अकालमै महिला र शिशुको ज्यान जानबाट जोगिन्छ,’ खुशी हुँदै यज्ञकुमारी कुवले भनिन्।

चुरेमा बन्ने बर्थिङ सेन्टरले धनुषा र महोत्तरीको उत्तरी क्षेत्रका आठवटा भन्दा बढी गाउँलाई सेवा पुग्ने स्थानीय प्रेमबहादुर कार्की बताउँछन्। लोटहा, राजाबास, प्रसाइधाप, चुरेलगायतका दुर्गम गाउँका महिलाहरु उक्त प्रसुती गृहबाट लाभान्वित हुने उनको विश्वास छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.