दार्चुलामा ट्याक्टर खस्दा एकजनाको मृत्यु
दार्चुला : दार्चुलामा ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ। दार्चुला–तिङ्कर सडक निर्माणाधीन कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।
ट्याक्टर खस्दा ट्याक्टर रहेका २६ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्टले बताए। उनले भने, 'गएराति साढे १० बजेको समयमा व्यास गाउँपालिकाको वडा नम्बर ४ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना भएको हो।'