महोत्तरीमा ४ हजार १ सय गाँजाको बोट नष्ट
महोत्तरी : महोत्तरी प्रहरीले अवैधरुपमा लगाईएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। बुधबार दिउँसो एकडारा गाँउपालिका-३ अजमरपट्टीमा ८ कट्ठा क्षेत्रफलमा लगाईएको ४ हजार एक सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको हो।
गंगा मण्डल, चेतन मण्डल, श्यामसुन्दर मण्डल, दिनेश मण्डल, नागेन्द्र मण्डल र गणेश मण्डलको खेतमा लगाईएको सो गाँजाको बोटहरुलाई आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
गाँजाको बोटलाई फडानी गरी स्थानीयहरुको रोहबरमा नष्ट गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए। गाँजा खेती गर्ने खेतधनीहरु फरार रहेकोले उनीहरुको खोजतलाश तथा अनुसन्धान गरिरहेको डिएसपी विष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !