गोरखाका १२४ विद्यार्थीले पाए शैक्षिक सामग्रीसहित छात्रवृत्ति

गोरखाका १२४ विद्यार्थीले पाए शैक्षिक सामग्रीसहित छात्रवृत्ति

गोरखा : कार्यालय सञ्चालन खर्च शून्य रहेको गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास स्किम (गडहेड्स) नामक एक सामाजिक संस्थाले १२४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । जिल्लाभरका १४ विद्यालयका १२४ जना विद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको संस्थाका अध्यक्ष लक्ष्मण आचार्यले जानकारी दिए ।

प्रत्येक विद्यार्थीलाई चारहजार रुपैयाँ बराबरको विद्यालय पोशाक, जुत्ता, झोला, कलम, कापी, जोमेट्रीबक्स, क्याल्कुलेटर प्रदान गरिएको अध्यक्ष आचार्यले बताए । सदरमुकामको शक्ति माविका १० जना, महेन्द्रज्योति माविका २४ जना, बालमन्दिर माविका १५जना, नवज्योति माविका पाँचजना, रत्नलक्ष्मी माविका पाँचजना र गोरखकाली आधारभूत विद्यालयका ५ जनालाई चारहजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको संस्थाकी सचिव सरिता अर्यालले जानकारी दिइन् ।

बुधबार बिहान बालमन्दिर माविमा आयोजित एक कार्यक्रमका बीच शैक्षिक सामग्री र पोशाक वितरण गरिएको हो । हिमालय मावि बारपाकका पाँचजनालाई पनि सोही परिमाणको शैक्षिक सामग्री प्रदान गरिएको छ ।

द्रव्य शाह क्याम्पसका पाँचजनालाई जनही १२ हजार रुपैयाँका दरले र महेन्द्रज्योति माविका चार जनालाई भने सातहजार रुपैयाँका दरले नगद छात्रवृत्ति प्रदान गरिएको उनले बताइन् ।

सदरमुकामकै मनकामना बहिरा माविका छ जनालाई सोही परियोजनाअन्तर्गतको छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ भने सूर्यज्योति मावि ताकुकोटका पाँचजना, ज्ञानज्योति मावि लप्सीबोटका १० जना, संसरी महेन्द्र मावि गाँखुका १० जना, शान्ति मावि बगुवाको पाँचजना र दुल्लभ मावि घ्याम्पेशालका पाँचजनालाई पनि छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको अर्यालले बताइन् ।

संस्थाका अध्यक्ष लक्ष्मणबाबु आचार्यको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा सो संस्थाका पूर्वअध्यक्ष पुरुषोत्तम अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बर्सेनि ठूलो परिमाणमा शैक्षिक तथा सरसफाइसम्बन्धी कार्यक्रम गर्दै आएको सो संस्थाले कार्यालय सञ्चालन तथा कर्मचारी शीर्षकमा शून्य प्रतिशत खर्च गर्ने गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.