धनुषामा एक महिनाको अवधिमा ९  बालविवाह  रोकियो

धनुषामा एक महिनाको अवधिमा ९  बालविवाह  रोकियो

ढल्केवर(धनुषा) :  धनुषामा एक महिनाको अवधिमा ९ वटा बालविवाह रोकिएको छ । माघ १२ गतेदेखि फागुन १५ गतेसम्ममा जिल्लाभित्र ९ वटा बालविवाह रोकिएको धनुषा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा बाल बालिकाको अभिभावक, न्यायिक समिति, नागरिक समाज, विभिन्न महिला समूहलगायत तथा संघसंस्थासँगको समन्वयमा प्रहरीले ९ वटा बालविवाह रोकेको धनुषा प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार एक महिनाको अवधिमा उमेर नपुगेका धनुषाको विदेह नगरपालिकामा तीन र शहिदनगर नगरपालिकामा,धनुषाधाम नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, सबैला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुरधाम उपमहानगरपालिकामा एक–एक गरी ९ वटा बालविवाह रोकिएको हो ।

धनुषालगायत मधेशमा बढ्दै गएको बाल विवाहका घटना रोक्न प्रहरी प्रशासनले आफ्नो सक्रियता बढाएको छ । जिल्लामा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पछिल्लो समय गाउँगाउँमा सचेतना अभियान चलाउँदै आएको डीएसपी बस्नेत बताउँछन् ।

समाजमा समाजिक तथा परम्परागत कुरीतिको रुपमा जडा गाडेको बालविवाह न्यूनीकरणमा जनचेतनाको अभाव भएको महिला अधिकारकर्मी वीणा कडारीको बुझाइ छ । मुलुकी अपराध संहिता, २०७४ मा बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.