माध्यमिकी परिक्रमाका यात्री मटिहानीमा
महोत्तरी : मिथिलान्चलकै महाकुम्भ मानिने माध्यमिकी परिक्रमका यात्रीहरु आइतबार बिहानै महोत्तरीका मटिहानी आइपुगेका छन्। परिक्रमाको चौथौं दिन आइतबार बिहानै यात्री टोली महोत्तरीको मटिहानी आइपुगेका छन्।
यात्रीलाई स्वागत गर्नका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रमुखहरु विश्रामस्थल पुगेको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। आज एक दिन नगरभरका विद्यालय लगायतका सार्वजनिक संघ–संस्थामा बिदाको प्रवन्ध मिलाइएको नगरप्रमुख मण्डलले बताए।
परिक्रमायात्रीलाई ध्यानमा राख्दै खानेपानी, बाँस र सुरक्षाको दक्ष प्रवन्ध मिलाइएको मण्डलको भनाइ रहेको छ। नगरको विभिन्न स्थानमा स्वागतद्वार बनाउनुको साथै नगरलाई चिटिक्क रुपमा सजाइएको छ।
धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ। शनिबार राति भारतको फुलहरमा विश्राम गरेका परिक्रमा यात्री आज मटिहानीमा विश्राम गरी भोलि बिहानै जिल्लाको जलेश्वर पुग्नेछन्।
प्रतिक्रिया दिनुहोस !