वडामै पुगेर सामाजिक सुरक्षा भत्ता

वडामै पुगेर सामाजिक सुरक्षा भत्ता

नुवाकोट : गाउँगाउँमै पुगेर नुवाकोटको बेलकोटगढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। लक्ष्यित वर्गलाई प्रत्येक वडा कार्यालयमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालिएको बेलकोटगढी नगरापालिका कार्यालयले जनाएको छ। बेलकोटगढी नगरपालिका–८ जिलिङमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सुरु गरिएको हो। 

एक विशेष कार्यक्रमकाबीच मेयर राजेन्द्ररमण खनालले गाउँमै पुगेर भत्ता उपलव्ध गराएका हुन्। बेलकोटगढी नगरपलिकाले जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका ब्यक्ति लगायत दायराभित्र रहेका लक्ष्यित वर्गलाई पायक पर्ने स्थान र कानुनले निर्दिष्ट गरे अनुसार सरल गरेर सामाजिक सुरक्षा भत्ता बितरण गर्नको लागि आवश्यक व्यवस्थापन गरेर गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले जानकारी दिए। यसबाट सेवाग्राहीहरु निकै खुसी भएको खतिवडाको भनाई रहेको छ। 

सोही अनुसार मेयर राजेन्द्ररमण खनालसहित जनप्रतिनिधिको टोली नगरपालिका क्षेत्रमा सामाजिक सुरक्षा भत्ताबापत सरकारबाट उपलब्ध रकम वितरणलाई सरल बनाउन खटिएका छन्। वेलकोटगढी नगरपालिका नुवाकोटको पूर्वी भेगमा रहेको काठमाडौसंग जामेडिएको नगरपालिका हो।

सो नगरपालिकाले हालसम्म वडा नं २ मा १ सय ३७ जना, वडा नं ४ मा ३० जना, वडा नं ५ मा १ सय ५८ जना, वडा नं ६ मा १ सय १० जना, वडा नं ७ मा १ सय २० जना र वडा नं १२ मा १ सय ३० जना गरेर ६ सय ८५ जनालाई पुस मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता वापतको रकम उपलब्ध गराएको जनाएको छ। सेवाग्राहीहरुलाई बैंकसम्म नै पुगेर रकम झिक्न कठिनाई हुने अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्ति, अस्वस्थ नागरिकहरु खुसी भएका छन्। 

सरकारको निर्देशन अनुसार सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत मात्रै वितरण गर्न दिएको निर्देशन अनुसार गत वर्षसम्म भत्ता रकम उपलब्ध गराउन निर्धारित समय भन्दा ढिलो हुन पुगेको र बैंकमा एकै पटक धेरै लाभग्राहीले खाता खोल्नुपर्ने बाध्यताले भएको कठिनाईबाट आएको गुनासो तथा सुझाब अनुसार सेवाग्राहीलाई पहिचान गर्दै प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षसहित नगरपालिकाको मेयर कार्यपालिका सदस्यहरु वडा हुँदै गाउँटोलमा नै खटिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.