साउदीबाट नेपाल आइपुग्यो रामकुमारको शव, गाउँमै अन्त्येष्टि

साउदीबाट नेपाल आइपुग्यो रामकुमारको शव, गाउँमै अन्त्येष्टि

धनकुटा : झण्डै पाँच महिना अघि साउदी अरबमा मृत्यु भएका छथरजोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूको शव नेपाल आइपुगेको छ। गत बुधबार साँझ ७:३० बजे कतार एयरलाइन्समार्फत लिम्बुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।

उनको शव बुझ्नको लागि मृतकका श्रीमती विष्णुमाया लिम्बू, उनकी बहिनी मेनुका लिम्बूसहित छिमेकी डिकबहादुर थोक्लेन लिम्बू विमानस्थल पुगेका थिए। 

सबै कागजी पक्रिया मिलाएर सोही दिन राति ९ बजे धनकुटातर्फ हिडेको र भोलिपल्ट १२ बजे मृतकको घर छथरजोरपाटी गाउँपालिका–५ परेवादिनको चुम्लुङ टोलमा पुगेका छिमेकी डिकबहादुर थोक्लेन लिम्बूले बताए। उनका अनुसार सोहि दिन लिम्बू संस्कार अनुसार रामकुमार लिम्बूको अत्येष्टि गरिएको छ। 

अत्येष्टिमा परिवार, आफन्त र गाउँलेको उपस्थिति धेरै संख्यामा थियो। अत्येष्टी गर्ने बेलामा गाउँ नै शोकमग्न बनेको उनले बताए। सेन्टर फर माइग्रेशन तथा इन्टरनेशनल रिलेशन (सिएमआइआर) को सहजीकरणमा वैदेशिक रोजगार वोर्डमार्फत मृतक लिम्बूको शव नेपाल आइपुगेको धनकुटा नगरपालिका अन्र्तगतको आप्रवासी स्रोत केन्द्रका सूचना अधिकृत मञ्जु राईले बताइन्। मृत्यु भएको लामो समय वित्दा पनि परिवारले पक्रिया नजान्दा मृतकको शव नेपाल आउन सकेको थिएन। 

सरकारी पहल सुरु भएको झण्डै एक महिना भित्र लिम्बूको नेपाल आइपुगेको हो। साउदी अरबबाट अहिलेसम्म सबैभन्दा छिटो शव आइपुगेको उनले बताइन्। पक्रिया अनुसार साउदीबाट शव ल्याउन दुई महिना २० दिनसम्म लाग्छ। तर रामकुमारको शव पक्रिया थालेको एक महिना भित्र आइपुग्नु ठूलो उपलब्धी भएको उनको भनाई छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म शव ल्याउन वैदेशिक रोजगार वोर्डले निःशुल्क गाडिको व्यवस्थापन गरिदिएको डिकबहादुरले बताए। 

३९ वर्षिय लिम्बूको गतअसोज २६ गते उपचारका क्रममा निधन भएको थियो। उनका श्रीमती विष्णुमाया लिम्बूको अनुसार उनी १८ वर्षदेखि साउदीस्थित ‘एइड दहिम अल हामउड एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ’ कम्पनीमा मजदुरी गर्थे।

बाटोमा काम गरिरहेको बेला गाडी आउँदा त्यसलाई साइड दिने क्रममा उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए। 

मृतकका श्रीमती र १४ वर्षका एक छोरा छन्। उनीहरु अहिले मोरङको सुन्दरहरैचा–६, गछियामा सुकुम्बासी जग्गामा बस्दै आइरहेका छन्। जीविकोपार्जनको लागि गछिया खोलामा बालुवा चाल्ने काम गर्दै आइरहेको मृतकका श्रीमतीले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.