बहुमूल्य जडिबुटीसहित एक जना पक्राउ
दार्चुला: बहुमूल्य जडिबुटी सुनाखरीसहित दार्चुलामा एक जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला सदरमुकाम खलंगाबाट १७ किलो सुनाखरीसहित बझाङका अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टका अनुसार रातिको समयमा पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिँडिरहेको अवस्थामा पक्राउ परेका थिए। प्रहरीले चेकजाँच गर्दा उनको साथमा अवैध सुनाखरी बरामद गरिएको उनले बताए।
उक्त बरामद सुनाखरी डिभिजन वन कार्यालयको जिम्मा लगाइने जनाइएको छ। यसबारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !