पाल्पामा सुरु भयो काँग्रेसको चुनावी अभियान
तानसेन : नेपाली काँग्रेस पाल्पाले स्थानीय तहको निर्वाचन २०७९ लाई लक्षित गरेर एक महिने घरदैलो अभियान तानसेन बाट सुरु गरेको छ। नेपाली काँग्रेसको केन्द्रिय निर्देशन अनुसार नेपाली काँग्रेस पाल्पाले घर घर जाऔ काँग्रेस जिताऔ अभियान सदरमुकाम तानसेनबाट सुरु गरेको हो। नेपाली काँग्रेस पाल्पाले टोलटोल, वडावडा, पालिका, प्रदेश, क्षेत्र, जिल्ला कार्य समिति, पूर्व पदाधिकारी तथा स्वयमसेवकको सहभागीतामा प्रशिक्षणात्मक जिल्ला भेला गरेर घर दैलो अभियान सुरु गरेको हो।
घरदैलो अभियान कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सरस्वती अर्याल, पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, प्रजातन्त्रबादी प्रध्यापक संघका उपाध्यक्ष मदन कट्टेल लगायतले प्रशिक्षण दिँदै पाल्पाका सबै पालिका तथा वडामा नेपाली काँग्रेसलाई विजयी बनाउन आजै देखि सक्रिय भएर घर दैलो गर्न पाटी कार्यकर्ता लाई आग्रह गरे।
पाल्पामा नेपाली काँग्रेसले स्थानीय निर्वाचन लाई लक्षित गरेर टोल टोल कमिटी विस्तार गरीसकेको छ भने, जिल्ला नेताहरुले प्रशिक्षण अभियान संचालन गर्दै आएका छन्। पाल्पामा १० वटा पालिका ८१ वटा वडा रहेका छन्। स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले पाल्पामा ३ वटा पालिकाका रैनादेवी छहरा, माथाँगढी र रामपुरमा प्रमुख उप प्रमुख, बगनासकालीमा प्रमुख पदमा निर्वाचन जितेको थियो। घरदैलो अभियानको जिल्ला भेलामा सभापती हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेस एक्लैले मात्र पाल्पाका १० स्थानीय तहमध्ये कम्तीमा ८ वटामा विजयी हासिल गर्ने जनमत नेपाली काँग्रेसमा रहेको दावी गरे।
घरदैलो अभियानको जिल्ला भेलामा पार्टीका जिल्ला उपसभापती ज्ञान बहादुर गाँहा, जिल्ला सचिवद्धय सन्तोष कुमार थापा, सुनिता अधिकारी, पूर्व जिल्ला उपसभापती कृष्णप्रसाद अधिकारी महासमिती सदस्य कृष्णप्रसाद बस्याल, क्षेत्रिय सभापतीहरु मुक्तिराम जिसि, सभापति झमनराज मगर, प्रदेश सभा दुई ख का सभापती रुकमागत भट्टराई, तानसेन नगर सभापती सुवर्णमुनी शाक्य लगायतले पाटीमा केन्द्रीय अधिवेशनसँगै पाटी भित्रको आन्तरीक प्रतिष्प्रर्धा सकिएकोले नेता तथा कार्यकर्ताहरु एक भएर घरदैलो अभियानमा खटिने प्रतिवद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !