घोषित मितिमै स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री

घोषित मितिमै स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री

काहुले: प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले अबको लक्ष्य भनेको स्थानीय तहको निर्वाचन भएका कारण त्यसमै केन्द्रीत हुन सर्वसाधारण तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका-३ काहुलेस्थित प्रशासनिक भवनको सोमबारै उद्घाटन गर्दै देउवाले गाउँ-गाउँमा पुगेका सिंहदरबारलाई सार्थकता दिन अब स्थानीय तहको चुनाव भएरै छाड्ने बताए। काहुलेमा जनतामाझ उनले भने, ‘अबको ध्यान स्थानीय चुनावमा छ, म तपाइहरुसँग भोट माग्न आएको त होइन। तर, पनि भन्नु विकास गर्ने हाम्रो पार्टीलदाई सहयोग गर्नुस्।‘

प्रधानमन्त्री देउवाले एमसीसीले देशको विकास गर्ने भएका कारण यो राष्ट्रहितमा रहेको पनि बचाउ गरे। उनले एमसीसीबाटै नेपालमा बाटो तथा बिजुलीको सहजीकरण योजनाहरु बन्ने भएको हुँदा यसलाई स्वीकार गरिएको छ।

उनले देशले अन्य बाह्य ऋण भने लिन हुने सित्तैमा आएको सहायता किन लिन नहुने भन्दै यसको विरोध गरिरहेकाहरुप्रति आक्रोश व्यक्त गरे। प्रधानमन्त्री देउवाले मन्तव्यका क्रममा सरकारको उपलब्धि नै एमसीसी भएको दाबी गर्दै यसको विरोध गर्नेहरुप्रति निकै आक्रोशितरुपमा मन्तव्य दिए।

एमसीसी परियोजनाको विरोध गरेकामा देउवाले प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति कडा आक्रोश व्यक्त गरे। उनले रावललाई पहिले आफू सरकारमा रहेका बेला मन्त्रिपरिषदबाट एमसीसीलाई पापिरत गरेको आरोप लगाउँदै के त्यसबेलाचाहिँ भीम रावलको मगज खुस्किएको थियो भनेर गम्भीर आरोपसमेत लगाए।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नै सरकारका बेला मन्त्रिपरिषदमा एमसीसीलाई ल्याएको जनाउँदै एमालेले विरोध गर्नुको अर्थ नरहेको बताए। संसद तथा जनतामाझ पूर्व उपप्रधान तथा रक्षामन्त्री रावलले देखाएको डबल स्ट्यान्डर्ड र दुई जिब्रे कुरा गरेर भ्रमको खेतीमात्र गरेको प्रधानमन्त्री देउवाको आरोप छ।

रावलले मन्त्री हुँदा एमसीसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए। एमसीसी राष्ट्रघाती भन्ने रावलले त्यसबेलै किन विरोध गरेनन् अथवा मन्त्रिपरिषद्बाट राजीनामा किन दिएनन्? भन्दै देउवाले प्रतिप्रश्न गरे।

हेलिकप्टर चढेर नुवाकोट आएका प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेस गरेको एमसीसी प्रस्ताव आफूहरूले पारित गरेको र यसले अब नेपाललाई अगाडि बढाउने पनि बताए। ‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने, मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने?,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई भने टाउको दुख्यो। रावल त्यसबेला मन्त्री थिए। के उसबेला दिमाग खुस्किएको थियो? हामीलाई केही पनि थाहा छैन भन्ने ठान्नुहुन्छ अब यहाँ?’

ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको आरोप छ। रावललाई प्रश्न गर्दै देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बसे त्यसबेला अहिले विरोध गर्दैछन्।’

भवन उद्घाटन कार्यक्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसी, प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महत, प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामालगायतले कांग्रेसको नेतृत्वमा रहेको सरकारले मात्रै विकासका कार्य गरेको दाबी गर्दै कांग्रेसकै कारण देशमा गणतन्त्र आएकोसमेत बताए। किस्पाङको काहुलेमा निर्मित गाउँपालिका भवन कूल चार करोड ५६ लाख रुपैँयाको लागतमा निर्माण भएको हो।

भवन निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत र गाउंपालिकाले ४० प्रतिशत खर्च गरेका छन्। भूकम्प प्रतिरोधी पक्कि भवन चार तले र १९ कोठे रहेको किस्पाङ गापा अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारै नुवाकोटको पूर्वी भेगमा रहेको खरानीटारस्थित गाउँपालिका भवनको समेत उद्घाटन गरे। तादी गापा-३ खरानीटारमा निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफूहरुलाई जोजसले जे भने पनि विकासका विविध कार्यहरु गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.