यसरी मनाइयो भैरहवामा होली (तस्बिरहरु)

यसरी मनाइयो भैरहवामा होली (तस्बिरहरु)

भैरहवा : आज होली अर्थात फागु पूर्णिमा तराईका विभिन्न जिल्लाहरुमा हर्षोल्लासका मनाइएको छ। पहाडि र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने गरिन्छ । कोरोना संक्रमणका कारण विगतका वर्षमा हर्षोल्लासका साथ होली मनाउन नपाएका सर्वसाधरणहरु यस वर्ष भने झुमेर पर्व मनाए।

भैरहवाको विभिन्न स्थानको चोकमा सांगीतिक कार्यक्रम गर्दै तथा एक आपसमा मित्रता, आत्मीयता, र सद्भाव दर्शाउन साथी भाइहरुलाई अबिर तथा रङ लगाइ होली पर्व मनाइयो। होली पर्वलाई सदभावपूर्ण बनाउनका लागि रुपन्देही जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको चोक–चोकमा सुरक्षाकर्मी तैनाथ छन्।

जिल्लाभरी पिकेट, मोबाइल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, प्रहरीका टिमहरु विभाजन गरी खटाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । होली पर्वलाई लक्षित गरी जिल्लाभर करिब आठ सय  प्रहरी परिचालन गरिएको उनले बताए । उनका अनुसार हालसम्म जिल्लामा कुनै अप्रिय घटना घटेको छैन । कसैको इच्छा विपरित लोला हान्ने, रङ लगाउने, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडालगायत जस्ता क्रियाकलाप गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्ने रुपन्देही प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणका कारण स्वास्थ्य मापदण्ड अपनाएर होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सर्वसाधरणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.