आगलागीबाट तीन घर जलेर नष्ट

आगलागीबाट तीन घर जलेर नष्ट

नुवाकोट: नुवाकोटको पूर्वी भेगमा रहेको चाउथेमा आगलागी भएको छ। आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्।

विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-३ चाउथेमा भएको आगलागीमा परेर ३ वटा घर नष्ट हुँदा ५० लाख रुपैँया बराबरको धनमाल नष्ट भएको छ। सथानीय मैते तामाङको घरको मिटरवक्स सर्ट भई आगजनी हुँदा सँगै रहेका अन्य दुई घरसमेत जलेको र घरभित्र रहेका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

आगलागीबाट तीन दाजुभाई स्थानीय मैते तामाङ, बुद्धि तामाङ र सागर तामाङको घरमा आगलागी भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।  उनका अनुसार प्रारम्भिक अनुसन्धानमा आगजनीबाट एउटै घरमा १५ लाख रुपैँयाभन्दा बढीको धनमाल नष्ट भएको छ।

जिल्ला दैवी प्रक्रोप व्यवस्थापन समितिले अग्निपीडितलाई शनिबार घटनास्थल पुगेर प्रतिघर १०-१० हजार रुपैँया नगद, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडालगायत अत्यावश्यक सामग्रीहरु प्रदान गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।

जिल्ला प्रशासन, प्रहरी तथा रेडक्रमसका तर्फवाट तत्काल राहतका सामग्रीहरु प्रदान गरिएको रिसालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.