बाटुली लामिछानेले मनाइन् १२०औं जन्मदिन

बाटुली लामिछानेले मनाइन् १२०औं जन्मदिन

नुवाकोट : संसारकै सबैभन्दा बढी उमेर दाबी गरिएकी नुवाकोटको ककनी निवासी वृद्धाले १२०औं जन्म जयन्ती मनाएकी छन्। जन्मदिनमा बिहीबार सरकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उनको घरमै पुगेर शुभकामना दिएका थिए।

उनी विश्वकै सबैभन्दा जेष्ठ नागरिक रहेको भन्दै विश्व रेकर्डमा नाम लेखाउन सक्रियतासमेत बढाइएको छ। उनलाई सरकारीस्तरबाट विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ। उनलाई सरकारले घर बनाइदिएको छ भने सांसद तथा स्थानीय तहले मासिकरुपमा नियमित भत्ता दिइरहेको छ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२० वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गरिएको छ। विसं १९५९ चैत १० गते सिन्धुपाल्चोकको साविक बाँसबारी गाविस-१ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखबाट जन्मिएकी वृद्धा बाटुली नुवाकोटको पूर्वी भेगमा रहेको ककनी गापा-८ छापथोकमा छविलाल लामिछानेसँग विवाह गरेर आएको अभिलेखमा उल्लेख छ।

हालः उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक जनातीसँगै रहेकी छन्। उनलाई ‘जीवित देवी’को उपमा समेत दिइएको छ। उनको स्वास्थ्य सामान्य र उचित रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। उनी बिहान-बेलुका दुधसँग मासिनो गरी पिसेको भात र अन्य समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर आफ्नो दैनिकी बिताउने गरेकी छन्।

हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ। तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाई भएको उनलाई सहयोग गरिरहेका बागमती प्रदेश सभाका सदस्य तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए।

लामिछानिका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई दिशापिसाब आउँदा उठेर सामान्य हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेखदेख गर्ने गरेको बताए। छोरा नेत्रप्रसाद जन्मेपछि धन कमाउन परदेशिएका बाटुलीका पति हालसम्म घर फर्किएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.