धरानमा खानेपानीको हाहाकार

धरानमा खानेपानीको हाहाकार

धरान : धरान उपमहानगरपालिकाले सुरु गरेको धरान खानेपानी आयोजनाको निर्माण अलपत्र परेको छ। धरान खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणमा चरम लापरबाही गरेका कारण धरानका १६ वटा वडामा खानेपानीको हाहाकार भएको छ। उक्त आयोजना एसियाली विकास बैंकको १ अर्ब ७१ करोड रुपैयाँको आर्थिक सहयोगमा सुरु 
गरिएको थियो।

बोर्डले वडा–१,२,३, र वडा– ७–१९ मा पानी वितरण गर्दै आएको छ। यी वडाहरूमा २८ हजार निजी धारा जडान गरिएका छन्। तर, बोर्डले नियमित खानेपानी वितरण नगर्दा सर्वसाधारण खानेपानी सुविधाबाट वञ्चित भएका छन्। नेपाल–चीन साझेदारी ठेकेदार कम्पनी तेन्जिङ तुन्दी जेभीको चरम लापरबाहीले खानेपानीको आयोजनाको काम समयमा सम्पन्न नहुँदा धरानमा खानेपानीको चरम अभाव भएको छ। 

सन् २०१७ मा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य थालिएको आयोजनाको म्याद पटक–पटक थप्दासमेत ठेकेदार कम्पनीले सम्पन्न गर्न सकेको छैन। धरानका जनप्रतिनिधि, खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीको मिलेमतोले आयोजनाको काम लथालिंग अवस्थामा पुगेको एमाले धरानका नेता ठाकुर कार्कीले बताए। 

ठाकुरले खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न र धरानवासीलाई सहज रूपमा खानेपानी वितरण गर्ने वातावरण बनाइदिन माग गरेका छन्। चौबिसैं घण्टा धरानवासीलाई खानेपानी वितरण भनिएको थियो। तर, ठेकेदार कम्पनीले ठेक्काबापतको रकम भुक्तानी लिएर निर्माण कार्य अलपत्र पारेको हो। माओवादी केन्द्र सुनसरीका सहइन्चार्ज अइन्द्रविक्रम बेघाले ३५ दिनदेखि घरमा पानी नआएको गुनासो गरेका छन्। उनल आयोजनामा चरम भ्रष्ट्राचार भएको भन्दै छानबिन गर्नसमेत माग गरेका छन्। ठेकेदार कम्पनीसँग विजयपुर जंगलमा रिजर्ब ट्यांकी बनाउने सम्झौता भए पनि उक्त स्थानमा सम्झौताअनुसारको काम नभएको धरान–१४ का प्रभाव खतिवडाले बताए। 

आयोजनाले धरानको चारकोसे जंगलबाट जमिनमुनिबाट टेस्ट ड्रिलिङ गरी  दैनिक ३ करोड लिटर पानी उत्पादन गर्ने भनेको थियो। तर, हाल ८० लाख लिटर मात्र पानी उत्पादन गरेपछि आयोजनाको काममा आर्थिक अनियमितता  भएको स्थानीय बासिन्दाको आरोप छ। 

सन् २०१७ मै घरघरमा खानेपानी पुर्‍याउने भनिए पनि कम्पनीको लापरबाही, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आयोजना अलपत्र परेको धरानका सामाजिक अभियन्ता हर्क साङपाङले बताए। 

धरान–७ का वडाअध्यक्ष जीवन सुवेदीले खानेपानी व्यव्स्थापन बोर्डले नियमित खानेपानी वितरण नगरेका कारण वडावासीहरूलाई महंगो शुल्कमा पानी किनेर वितरण गर्नुपरेको बताए। 

बोर्डका प्रमुख राजु पोखरेलले खानेपानी आयोजनाको ठेकेदार कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी लगे पनि आयोजनाको निर्माण सम्पन्न नगरेको बताए। उनले पुरानो खानेपानीको पाइपलाइन बिग्रिएको र पानी उत्पादन हुँदा सर्वसाधारणलाई पर्याप्त पानी वितरण गर्न नसकिएको बताए। धरानका मेयर तिलक राईले पानी वितरणलाई जहज बनाउने काम भइरहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.