भैरहवामा सडक खाना महोत्सव हुँदै

भैरहवामा सडक खाना महोत्सव हुँदै

भैरहवा : भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव’हुने भएको छ। नयाँ वर्ष–२०७९ को पूर्वसन्ध्यामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा ‘सिद्धार्थ सडक खाना महोत्सव’हुने भएको हो।

‘सडकमै खाउँ, सडकमै रमाउँ’भन्ने नारासहित चैत्र ३० गते महोत्सव हुन लागेको हो।

आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुर्याउने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको बताएका छन्। ‘लामो समयसम्म महामारीले पर्यटन क्षेत्र धरासायी बनायो’, संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले भने, ‘नयाँ वर्षको अवसरमा गरिने महोत्सवले केहीराहत मिल्ने अपेक्षा गरेका छौं।’

भैरहवास्थित विद्रोहीचोक–मिलनचोक क्षेत्रमा आयोजना हुने महोत्सवमा आन्तरिक तथा भारतीय पर्यटकलाई केन्द्रमा राखिएको छ। खासगरी नयाँ वर्ष मनाउन भैरहवाका स्थानीय अन्यत्र जाने गर्छन्। ‘यसपल्ट हामीले बाहिरबाट पर्यटक भैरहवामा ल्याउँ, भैरहवाका बाहिर नजाऔं भन्ने मान्यतालाई स्थापित गर्ने प्रयास गरेका छौं’, न्यौपानेले भने।

महोत्सवमा स्थानीय कला संस्कृति, स्थानीय सांस्कृतिक नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहितका कार्यक्रम हुने जनाइएको छ। यस्तै सानादेखि तारे होटलसम्मका खानाका स्वाद लिन पाइने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए। ‘थारु, नेपाली, चाइजिन, इन्डियन, थाईलगायत सबै किसिमका खाना सडकमै पाइनेछ’, उनले भने।

एकदिन भएपनि आन्तरिक र बाह्य पर्यटकलाई भैरहवामै रात बिताउने वातावरणको सिर्जना गर्ने आयोजकले जनाएका छन्। अधिक मात्रामा भारतीय पर्यटक भित्र्याउन प्रचारप्रसारका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको आयोजकले बताए।

‘यस्ता किसिमका महोत्सवले स्थानीय उत्पादन, बजार प्रवर्द्धन मात्रै होइन्, समग्र भैरहवा क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्छ’, अध्यक्ष न्यौपानेले भने।

महोत्सवले यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउने न्यौपानेले बताए। ‘विगत ३ वर्षदेखि थला परेको पर्यटन व्यवसायमा महोत्सवले एक किसिमको रौनकता ल्याउने छ’, उनले भने।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले महोत्सवले पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरे।

उनले भैरहवामै आन्तरिक र भारतीय पर्यटकलाई अधिक रमाउने वातावरण सिर्जना गर्ने प्रयास गरेका बताए।

महोत्सवमा विभिन्न खानाका परिकारसहितका १ सय वटा स्टल रहने छन्। यस्तै, स्वदेशी तथा भारतयि र तेस्रो मुलुकका गरी ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको संगठनका महासचिव महोत्राले जानकारी दिए। महोत्सवमा १ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.