सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

मलंगवा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। भने ३७ जना घाईते भएका छन्।

बीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस लालबन्दी नगरपालिका १७ फुलजोरस्थित फुलजोर खोलाको पुलबाट खस्दा दुर्घटना भएको हो। 

मृतकहरु मध्ये दुईजनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ। अन्य दुईको पहिचान अझै खुल्न सकेको छैन। दुर्घटनामा परेर सिन्धुलीको तीनपाटन गाउँपालिका–२ की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक २४ वर्षीय सुनिल यादवको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य एक महिला र एक पुरुषको भने सनाखत अझै पनि हुनसकेको छैन। उनीहरुको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। दुर्घटनामा घाईते भएकाहरुको लालबन्दीस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.