क्यान्सरपीडित ज्येष्ठ पत्रकारलाई आर्थिक सहयोग प्रदान
![क्यान्सरपीडित ज्येष्ठ पत्रकारलाई आर्थिक सहयोग प्रदान](https://annapurnapost.prixacdn.net/media/albums/cancer_20220330161907_nK0xRLqkXf.jpg)
महोत्तरी : नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महोत्तरीका प्रेस स्वतन्त्रता सेनानी कुमरकान्त झालाई आर्थिक सहयोग प्रदान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले क्यान्सरपीडित पत्रकार झालाई नगद १३ हजार रुपैयाँ आर्थिकरुपमा सहयोग प्रदान गरिएको हो।
७७ वर्षिय पत्रकार झालाई केही महिना अगाडि मृगौलमा क्यान्सरको लक्षण फेला परेको थियो। उनको उपचारको लागि सो रकम प्रदान गरिएको शाखा अध्यक्ष कमलेश मण्डलले बताए।
नेपाल पत्रकार महासंघमा पीडित पत्रकार अनुपस्थित भएपछि निजका छोरा विवेकानन्द झामार्फत सो रकम प्रदान गरिएको अध्यक्ष मण्डलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)