निर्वाचन आयोगमा बढ्यो चुनावी चटारो (फोटो फिचर)
काठमाडौं : स्थानीय तह निर्वाचन हुन अब ४३ दिनमात्रै बाँकी छ। निर्वाचन आयोगको काँधमा ठूलो जिम्मेवारी छ, स्वतन्त्र, स्वच्छ र निष्पक्ष चुनाव गराउनका लागि। बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ।
निर्वाचन आयोगका कर्मचारी चुनावका लागि मतपत्र छपाइदेखि मतदान केन्द्र व्यवस्थामा अहोरात्र खटिरहेका छन्।
काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय पुग्दा कोही कर्मचारी राजनीतिक दलसँग समन्वय गर्दै थिए त कोही निर्वाचनका लागि मगाइएको समाग्री भण्डारण गराउँदै थिए। आयोग परिसरमा फूलेका फूलहरुले त्यहाँ पुग्ने जो कोहीलाई स्वागत गरिरहेको भान गराउँछ। निर्वाचनआयोगमा देखिएको चटारोलाई अन्नपूर्णकर्मी राजकरण महतोले कैद गरेका छन्।











प्रतिक्रिया दिनुहोस !