सर्लाहीमा गोली चल्दा भारतीय नागरिकको मृत्यु

सर्लाही : सर्लाहीको सदरमुकाम मलंगवामा गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ। स्थानीयबासीका अनुसार मलंगवा-९ मा गोली चलेको हो।
मृत्यु भएका अन्दाजी ३५ वर्षीया इन्दल महतो रहेको प्रहरीले जनाएको छ। उनी भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
मृतकको शव प्रादेशिक अस्पतालमा राखिएको छ। गोली लागेको हो धारिलो हतियारले प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।
तर, स्थानीय बासिन्दाले गोली नै चलेको बताएका छन्। दोषीलाई खोज्न प्रहरीले सर्च अपरेशन सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस !
