वडास्तरीय क्रिकेटको उपाधी ठुलापोखरालाई
![वडास्तरीय क्रिकेटको उपाधी ठुलापोखरालाई](https://annapurnapost.prixacdn.net/media/albums/sports-_20220408115326_adEWOnHdTX.jpg)
सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सञ्चालित अध्यक्ष कप रनिंगशिल्ड भलिबल प्रतियोगीता तथा वडास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । छत्रदेव रंगशाला रातापोखरामा भएको वडास्तरीय क्रिकेट प्रतियोगिताको आजको फाइनल खेलमा वडा नम्बर ४ केरुंगालाई हराउँदै वडा नम्बर ६ ठुलापोखरा विजयी भएको हो ।
भलिबल प्रतियोगीतामा वडा नम्बर ४ लाई हराउँदै वडा नम्बर ८ अर्घातोष विजयी भएको हो । विजयी टिमहरुलाई लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पुरस्कार वितरण गरे। भलिबल तथा क्रिकेट प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५० हजार, ३० हजार र २० हजर रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको समापन समारोहमा बोल्दै मन्त्री रानाले खेलकुदले देशलाई विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा तीनै तहका सरकारहरु लाग्नुपर्ने बताए । कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, कपिलवस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत भेसराज पन्थ, लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)