एकीकृत समाजवादीको हैसियत स्थानीय निर्वाचनमा देखाउँछौं : माधव नेपाल

एकीकृत समाजवादीको हैसियत स्थानीय निर्वाचनमा देखाउँछौं  : माधव नेपाल

कुश्मा : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँड गरिने बताए । समाजवादी प्रेस संगठन पर्वतले सोमबार बिहान कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिंदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको बताउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोही अनुसार सहमति हुने बताएका हुन् । 

एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनले दावी गरे । एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउनेहरूको क्रम तीव्र रहेको भन्दै आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको भनाइ छ।

अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुंगाउने भन्ने मोडालिटीको बारेमा छलफल भइरहेको उनको बताए। उनले उम्मेदवार छनोटको मोडालिटी तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह‚ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने उनले जिकिर गरे । 

'गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ । संघीयता र लोकतन्त्र नै समाप्त पार्ने प्रवृत्तिविरुद्ध हामी साझा लडाइँमा छौं,' अध्यक्ष नेपालले भने, 'उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ । ११ गतेको मिति तोकिएकाले बैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।'

अध्यक्ष नेपालले नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दलहरू बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ । तर‚अहिलेको अवस्था सिर्जना हुनुको दोषी ओली नेतृत्वको सरकार रहेको नेपालले आरोप लगाए । 'अध्यक्ष नेपालले भने, 'अर्थतन्त्रको यो हालत हुनुको कारण  केपी ओली नेतृत्वकै सरकार हो । अधिनायकवादी प्रवृत्तिले लोकतन्त्र र संघीयता मात्रै होइन अर्थतन्त्रलाई पनि संकटमा पारेको हो,' उनले भने ।  उनले अर्थतन्त्रमा देखिएको समस्याबारे सबै बसेर छलफल गर्न आवश्यक रहेको बताए। 

आगामी निर्वाचपछि आफ्नो पार्टी ठूलो बन्दै जाने नेपालको दावी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.