बझाङमा एमालेबाट मेयरका लागि जयपृथ्वीबाट ३ र बुंगल नगरपालिकाबाट ४ जनाको नाम सिफारिस

बझाङमा एमालेबाट मेयरका लागि जयपृथ्वीबाट ३ र बुंगल नगरपालिकाबाट ४ जनाको नाम सिफारिस

बझाङ : नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तीनजनाको नाम सिफारिस गरेको छ। एमाले नगर कमिटीले वर्तमान उपप्रमुख जुना जाग्री, जयपृथ्वी नगरपालिका ७ का वडाअध्यक्ष हरिचन्द्र जोशी, २०७४ सालमा मेयरका दावेदार तथा आकांक्षी, हाल नेकपा एमाले जिल्ला कमिटी सह–सहसचिव सुरतबहादुर सिंहको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो । 

उपप्रमुखमा गंगा राना महर, जमुना चन्द सिंह, सुनिता खड्का धामी, सरिता भण्डारी, सविता खड्का विष्ट, डबल खड्का आकांक्षी देखिएका छन् । शनिबारदेखि ६ जनालाई राखेर मिलाउने प्रयास भइरहेको एमालेका नेताले बताएका छन् । 'अहिलेसम्म जयपृथ्वी नगरपालिकामा गठबन्धन दलको बैठकसमेत बसेको छैन, नगरसभापति हिरेन्द्र छत्यालले भने, 'वडास्तरमा पनि उम्मेदवार तय गर्ने कार्य जारी छ ।' २०७४ सालको चुनावमा एमालेले यो पालिकामा ८० मत बढी ल्याएर प्रमुख जितेको थियो । 

त्यतिबेला ११ वडा रहेको जयपृथ्वीमा एमालेले एक्लैले ५ वडा जितेको थियो । गठबन्धन हुँदा यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले ३–३ वडा मागेको छ भने कांग्रेसले आफूले २०७४ सालमा जितेका साविककै वडासहित थप २ वडा आफूले पाउनुपर्ने माग गरेको छ । यस्तै, बुङगल नगरपालिकामा धनदेवी कुँवर, आरविक्रम ओखेडा, लोकेश सिंह र मंगल नाथ मेयरका लागि सिफारिस भएका छन् ।

उपप्रमुखमा बेलमती कुँवर र मनीता धामी सिफारिस भएका छन् । नगरपालिकामा रहेका ११ वडा मध्ये ४ वडामा सर्वसम्मतले वडाध्यक्ष चयन भएका छन् । वडा नं ५ मा वडाध्यक्ष प्रयागराज धामी दोहोरिने भएका छन् । यस्तै वडा नं ७ मा केशवराज जोशी, ८ मा वीरबहादुर बोहरा, र ११ मा नगरकमिटी अध्यक्ष मोहन कुमार बोहरा सर्वसम्मतले चयन भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.