गठबन्धन निर्वाचनको तयारीमा होमिसकेको छ : प्रचण्ड

गठबन्धन निर्वाचनको तयारीमा होमिसकेको छ : प्रचण्ड

काठमाडौं  : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले वैशाख ३० मै स्थानीय चुनाव हुने बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’लाई अघि सारेर चुनाव रोक्ने कुनै योजना नरहेको दाहालको भनाइ छ। 

‘विप्लव निर्वाचनमा आउन चाहनुभएको छ। उहाँहरूलाई निर्वाचनमा आउने सकारात्मक वातावरण बनाउँछौं। उहाँहरू आइसकेपछि कता सहयोग गर्नुहुन्छ भन्ने त उहाँहरूको स्वतन्त्रताको कुरा हो’, अध्यक्ष दाहालले सोमबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पृष्ठभूमि र विरासतका कारण उहाँहरू माओवादीभन्दा बाहिर जान सक्नुहुन्न।’

विप्लव नेतृत्वको नेकपाले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेतालाई चुनाव सार्न सहयोग गर्नुपर्‍यो भनेर आग्रह गरेको दाहालले सुनाए। ‘बरु हामी चुनावी अभियानमा तीव्र रूपमा लागेका छौं। विप्लवलाई देखाएर चुनाव रोक्ने योजना छैन’, उनले भने।

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले सबै दल निर्वाचनको तयारीमा रहेको उल्लेख गरे। ‘सबै राजनीतिक दल निर्वाचनको तयारीमा छ। तर, बीच–बीचमा निर्वाचन के हुन्छ भन्ने प्रश्न पनि मिडिया र विभिन्न व्यक्तिहरूले आशंकाका रूपमा हेर्ने गरिएको छ’,  उनले भने, ‘म बडो प्रष्टसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन। वैशाख ३० गते नै निर्वाचन हुन्छ।’  

गठबन्धन पूरै दृढताका साथ निर्वाचनको अन्तिम तयारीतिर जुटिराखेको उनले बताए। ‘नेपालमा बडो बिचित्र के हुने गरेको छ भने निर्वाचनको दिन बिहान पनि होइन निर्वाचन सर्छ नि भन्ने संस्कार बनेको छ’, उनले भने, ‘गठबन्धन सम्पूर्ण रूपले निर्वाचनको तयारीमा होमिसकेको छ। निर्वाचन सार्नेबारे हाम्रो कुनै पनि तर्कबितर्क भएको छैन।’ ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनबीच समझदारी बनाउने प्रयास भइरहेको दाहालले बताए। ‘छिट्टै गठबन्धनभित्र गरिने तालमेलबारे एउटा निष्कर्षमा  पुग्छौं। नगरपालिका र गाउँपालिकाका लागि अधिकार प्रत्यायोजन गरेरै दिएका छौं’, उनले भने।

उनले भरतपुर महानगरपालिकामा आफूले अडान नराखेको बताए। ६ वटा महानगरपालिकामा माओवादीले एउटा पाउने भन्दै सहमतिका आधारमा जुनसुकै दिए पनि लिने उनको भनाइ छ। उनले भने, ‘माओवादीलाई भरतपुर नै नभई नहुने र रेणु नै नभई भन्ने कुनै अडान छैन। ६ वटामा एउटा त माओवादीले पाउला। काठमाडौं दिए पनि हुन्छ। विराटनगर दिए हुन्छ। भरतपुर नदिए पनि ठीकै छ।’ माओवादीले पहिले जितेको हुनाले भरतपुर दिए सजिलो हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले बताए। ‘एउटाले सबै लिने कुरा पनि भएन। एउटा त माओवादीले पाउने भयो। धेरै साथीहरू र कांग्रेसभित्र पनि भरतपुर माओवादीलाई नै दिनुपर्छ भन्ने कुरा आएको छ। सहमतिकै आधारमा हामी अघि बढ्छौं,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.