पुतलीबजार नगरप्रमुखमा एमालेका ८ र कांग्रेसका २२ जना आकाङ्क्षी
स्याङ्जा : पुतलीबजार नगर प्रमुख बन्नका लागि नेकपा एमालेका तर्फबाट ८ जनाले प्रमुखमा र ११ जनाले उपप्रमुखका आकाङ्क्षी देखिएका छन्। यसैगरी नेपाली कंग्रेसतर्फका २२ जनाले नगरप्रमुखमा र ६ जनाले उपप्रमुखमा उम्मेदवारीको घोषणा गर्ने इच्छा प्रकट गरेका छन्।
जिल्ला सदरमुकामसमेत रहेको पुतलीबजारमा यसअघि नेकपा एमालेले स्थानीय तह जितेको हो। बहालवाला नगरप्रमुख सीमा क्षेत्री पनि पुनः नगरप्रमुखमा इच्छा दोहोरयाएकी छन् भने हालका उपप्रमुख महेश पुरीको पनि इच्छा देखिएको छ। यसैगरी भरतबहादुर गोदार, अनन्तकुमार श्रेष्ठ, महेश पुरी, दिपक लम्साल, विपिन पौडेल, बिद्यादेवी भट्टराई, रेशमबहादुर खत्री रहेका छन्।
यस्तै उपप्रमुखमा तारा शर्मा, कमला मरासीनी, खडगराज सुवेदी, ओमबहादुर खड्का, दोबबहादुर कार्की, इश्वरी अर्याल, निर्मला लम्साल, शान्तिदेवी गौतम, तिलबहादुर सेन, निर्पल कुमार श्रेष्ठ रहेको र सर्वसम्मत उम्मेदवार चयनमा कठिनाई भएपछि जिल्लाका लागि सिफारिस गरिएको नेकपा एमाले पुतलीबजार नगर अध्यक्ष भरतबहादुर गोदारले जानकारी दिए।
यस्तै नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारका आकाङ्क्षी धेरै भएपछि इच्छुक सबैका नाम जिल्लामा सिफारिस गर्ने तयारी भैरहेको नगर सभापति सुरजकुमार अधिकारीले जानकारी दिए। सभापति अधिकारीका अनुसार नगर प्रमुखका आकाङ्क्षीहरु श्रीप्रसाद जिटी, कुमार राना, तुलसीराम रेग्मी, तुलसी गिरी, अनुप श्रेष्ठ, भरत लम्साल, सुरजकुमार अधिकारी, हिरादेवी शर्मा, रामचन्द्र रेग्मी, पवन नेपाल, किरणबन्धु अर्याल, वेदप्रसाद दोरंगा, इन्द्रबहादुर गोदार, बिक्रान्तकुमार श्रेष्ठ, कृष्णप्रसाद अर्याल, नवराज सुवेदी, केशवराज लम्साल, ख्यामबहादुर गुरुङ, शाह मोहम्मद, पदमबन्धु पोखरेल, मित्रबन्धु पोखरेल, धनकुमारी थापा रहेका छन्।
यसैगरी उपप्रमुखका दावेदारहरुमा देवी अर्याल, तारा मल्ल, कौशिला पौडेल(क्षेत्री), बिदुषा बस्नेत, दिलमाया पौडेल (सन्तोषी) र गीता आचार्य छन्। अन्य दलले भने उम्मेदवारी सार्वजनिक गरेका छैनन्। पुतलीबजारमा नेकपा एमाले र नेपाली कांग्रेस नै मुख्य प्रतिस्पधी हुन्।
प्रतिक्रिया दिनुहोस !