कृषि यान्त्रिकरणमा भ्रष्टाचार : प्रदेशसचिवसहित चार जनाविरुद्ध मुद्दा
काठमाडैं : लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चारविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध मुद्दा दायर गरेको छ। कृषि यन्त्र खरिदमा अनियमता गरेको भन्दै उनीहरु मुद्दा चलाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद अधिकारीले जानकारी दिए।
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साविक ५ नं प्रदेशबाट सञ्चालन गरिएको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाई, एकोहोरो बिलको भुक्तानी लिने र दिने कार्य गरेको अनुसन्धानमा फेला परेको छ। त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्याएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
तत्कालीन प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख ज्ञवाली र कृषि प्रसार अधिकृत राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी र नगराई भुक्तानी दिने सम्बन्धी टिप्पणी सदर ७ वटा मिनि टेलरको ६ लाख २२ हजार ५ सय बराबरको बराबरको झुट्ठा बिल भरपाई बनाई दोहोरो भुक्तानी गरेको पाइएको छ। त्यस्तै सम्झौतापत्रमा उल्लेख भए बमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण खरिद नगरी कम गुणस्तरको खरिद गरेपनि भेटिएको छ। उनीहरुले केके आइसी २०० डी मोडेलको १७ वटा र केके आइसी २०० पी मोडेलको १२ वटा मिनि टिलर खरिद गरी प्रदेश सरकारलाई ३७ लाख १५ हजार हानी पुर्याईको भेटिएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम ४३ लाख ३७ हजार ५ सय विगो र तीन महिनादेखि ३ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना असुलउपर गर्न समेतत माग दाबी लिइएको छ।
साथै आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक तिवारीले गलतरझुट्ठा बिल भरपाई बनाई ७ वटा मिनिटिलरको ६ लाख २२ सय ५ सय बढी भुक्तानी लिएको छ। त्यस्तै केके आइसी डी मोडेल १७ वटा र केके आइसी पी मोडेलको १२ वटा मिनि टिलर दिई ३७ लाख १५ हजार लिई प्रदेश सरकारलाई ४३ लाखगैरकानुनी हानी पुर्याएको देखिएको अख्तियारले जनाएको छ।
उनीहरुविरुद्ध पनि भ्रष्टाचार निवारयण ऐन बमोजिम बिगो ४३ लाख ३७ हजार कायम गरी दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना मागदाबी गरिएको छ। प्रतिवादी आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीबाट बिगो जफत गर्ने समेतको मागदाबी लिइएको छ।
प्रतिक्रिया दिनुहोस !