एमाले गोरखाद्वारा आकाङ्‌क्षी उम्मेद्‌वारको नाम संकलन

एमाले गोरखाद्वारा आकाङ्‌क्षी उम्मेद्‌वारको नाम संकलन

गोरखा : नेकपा एमाले गोरखाले आसन्न स्थानीयतहको निर्वाचनका लागि उम्मेद्‌वार बन्न चाहनेहरुको नाम संकलन गरेको छ। मंगलबारसम्म १० वटा पालिका कमिटीबाट अध्यक्ष र उपाध्यक्षको आकाङ्‌क्षीको नाम संकलन गरेको जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए।

उनका अनुसार गोरखा नगरपालिकाको मेयर पदका लागि पाँच जना आकाङ्‌क्षीहरु रहेका छन्। सम्झना देवकोटा, रामशरण बस्न्यात, दिनेश तमु, बाबुराम थापा र सुजन बानियाँको नाम नगर कमिटीबाट सिफारिस भई आएको रोकाले जनाए। 

त्यस्तै उपमेयरका लागि छ जना आकाङ्‌क्षीहरु रहेका छन्। उपमेयरका आकाङ्‌क्षीहरु भाइचन्द्र श्रेष्ठ, काजीराम रोका, देवीबहादुर बस्नेत, सीताराम खत्री, रामबाबु बोगटी र रामबहादुर खड्का रहेको उनले बताए।

पालुंटार नगर कमिटीबाट मेयरका तीन र उपमेयरका तीन जनाको नाम सिफारिस भइआएको सचिव रोकाले बताए। मेयर पदका लागि हरि भट्ट, हरि काफ्ले र सन्तोष देवकोटाको नाम सिफारिस भई आएको छ। त्यस्तै उपमेयरका लागि वसन्तकुमार श्रेष्ठ, पार्वती पाठक र ओमबहादुर बराकोटीको नाम आएको उनले बताए।

सिरानचोक गाउँ कमिटीबाट प्रमुख पदका लागि छ जना र उपप्रमुखका लागि एकजनाको नाम सिफारिस भई आएको छ। प्रमुख पदका लागि देवराज श्रेष्ठ, कमल दानी, बिराज गुरुङ, ज्ञानराज गुरुङ, राजेश ढकाल र उत्तम गुरुङको नाम प्राप्त भएको छ। उपप्रमुखका लागि कुमारी धितालको मात्र नाम प्राप्त भएको रोकाले बताए।

अजीरकोटबाट शेखरनाथ न्यौपाने एकजनाको नाम मात्र प्रमुख पदका लागि सिफारिस भई आएको छ। उपप्रमुखका लागि भने गीता पोखरेल र सर्मिला तामाङको नाम प्राप्त भएको छ। त्यस्तै बारपाक सुलीकोट गाउँ कमिटीबाट सो पालिकाको प्रमुखका लागि दलबहादुर भट्ट, खिलप्रसाद पनेरु, हरिबहादुर बस्नेतको खेमराज घलेको नाम प्राप्त भएको छ भने उपप्रमुखका लागि कृष्णकुमारी गुरुङको नाम आएको छ। 

धार्चे गाउँ कमिटीबाट सुक घले र सन्तबहादुर गुरुङको नाम प्रमुख पदका लागि सिफारिस भई आएको छ। उपप्रमुखका लागि आशा गुरुङ, सुस्मिता घले, सविता गुरुङ र सुनकुमारी घलेको नाम प्राप्त भएको सचिव रोकाले बताए।

चुमनुब्री गाउँपालिकाबाट अध्यक्षका पदका लागि सुकबहादुर गुरुङ र उपाध्यक्ष पदका लागि सानु गुरुङको नाम प्राप्त भएको उनले बताए। आरुघाट गाउँ पार्टी कमिटीबाट प्रमुख पदका लागि सातजना आकाङ्‌क्षीको नाम प्राप्त भएको छ। सो पालिकाको प्रमुखका लागि टिकानारायण श्रेष्ठ, मेनबहादुर अधिकारी, कृष्ण नेपाली, कृष्ण काप्री, राजन गुरुङ, भीम धमला र बकबहादुर लामाको नाम प्राप्त भएको छ। उपप्रमुखका लागि सोविता बराम, सीता दाहाल, कल्पना खड्का र प्रमिला खड्काको नाम प्राप्त भएको सचिव रोकाले बताए।

भीमसेनथापा गाउँ कमिटीबाट प्रमुख पदका लागि सबैभन्दा धेरै नौ जनाको नाम सिफारिस भई आएको जिल्ला पार्टीले जनाएको छ। सुवास अधिकारी, सुरेशबाबु श्रेष्ठ, सुजन सिँखडा, प्रेमकुमार पुडासैनी, ध्रुव ढकाल, हरि सिँखडा, सुनील लामिछाने, शैलेश लामिछाने र नवराज पोखरेलको नाम सिफारिस भै आएको हो। उपाध्यक्षका लागि गोमा अम्गाई र तारादेवी भट्टको नाम प्राप्त भएको सचिव  रोकाले जानकारी दिए।

सहिदलखन गाउँ कमिटीबाट पनि प्रमुखमा छ र उपप्रमुखमा एकजनाको नाम सिफारिस भई आएको छ। मनोज जोशी, सुरेन्द्र थापा, विशाल थापा, काजीराम श्रेष्ठ, लुना थापा र रमेश मल्लको नाम अध्यक्ष पदका लागि प्राप्त भएको हो। उपप्रमुखमा भने सरिता ढकालको नाम मात्र प्राप्त भएको छ। 

गण्डकी गाउँ कमिटीबाट अध्यक्ष पदका लागि लीलाबहादुर पाण्डे, विष्णु पन्त, सुधीर कार्की र गोपाल पाण्डेको नाम प्राप्त भएको छ। उपप्रमुखका लागि रेनुका नहर्कीको नाम सिफारिस भई आएको जिल्ला सचिव रोकाले जानकारी दिए।

चुमनुब्री गाउँ कमिटीबाट नाम नआइसकेको र प्राप्त भएजति नाम प्रदेश कमिटीमा पठाइने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.