जिल्ला फुटबल संघ बाराको अध्यक्षमा लामा चयन
![जिल्ला फुटबल संघ बाराको अध्यक्षमा लामा चयन](https://annapurnapost.prixacdn.net/media/albums/Ramchandralama_20220421205527_ARBw6N25fo.jpg)
सिमरा : अखिल नेपाल फुटबल संघ (एन्फा) मातहत रहेको जिल्ला फुटबल संघ बाराको अध्यक्षमा रामचन्द्र लामा चयन भएका छन्। संघको बिहिबार कलैयामा सम्पन्न छैठौं अधिवेशनले लामालाई अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो।
जीतपुरसिमरा गोल्डकप आयोजक नव जनजागृति युवा क्लबको अध्यक्षसमेत रहेका लामाको नेतृत्वमा संघले १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा राजकिशोर धामी चयन भएका छन्।
त्यसैगरी समितिको उपाध्यक्षमा खुशी चौधरी र घनश्याम चौधरीलाई चयन गरिएको छ। अधिवेशनले जिल्ला समितिको महासचिवमा उदय श्रेष्ठ, सचिव विनोद प्रसाद साह र कोषाध्यक्ष विनोद गुप्तालाई चयन गरेको छ।
त्यसैगरी जिल्ला कार्यसमिति सदस्यमा महमद समिउल्लाह, कृष्णमणी चौधरी, दुर्गाबहादुर थापा, शम्भुसिंह ठकुरी, सन्तबहादुर वाइवा, मनोजकुमार जयसवाल, भोलाप्रसाद ढुंगाना, दीपेन्द्र लामा मोक्तान, निरज कुमर, दीपलालप्रसाद साह, सोममाया रुम्बालाई चयन गरिएको छ।
अधिवेशनले अध्यक्ष लामा र समिउल्लाहलाई एन्फाको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ। गत शनिबार उद्घाटन भएको अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको थियो। प्रतिनिधि विवाद समाधान गरी सम्पन्न भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)