हेटौडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–९ स्थित  दिब्य बाल उद्यानमा राखिएको मदन भण्डारी र जीवराज आश्रिताको शालिक तोडफोड भएको छ  ।  बिहीबार राति अज्ञात समूहले पार्कमा रहेको भण्डारी र आश्रितको शालिक तोडफोड गरेको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । 

पार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भण्डारीले स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको दाबी गरे । शुक्रबार बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समिति र प्रहरीलाई खबर गरेका थिए ।

 मदन भण्डारीको शालिकको शीर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीले  पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको बताए । 

'हामीले घटनाको अनुसन्धान गरिरहेका छौं, दोषिलाई पक्राउ गरी आवश्यक कारबाही गर्छौं,' उनले भने ।   



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.