लार्केपासको धर्मशालामा विदेशी पर्यटकको मृत्यु
गोरखा : लार्केपास गर्न उत्तरी गोरखा पुगेका एक विदेशी पर्यटकको शनिबार मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका-१ धर्मशालास्थित लार्के होटलमा बास बसेका ६४ वर्षीय कोरियन नागरिक डोङ्की जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
होटलमा बास बसेका उनी बन्द कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लीलाराज लामिछानेले बताए। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको उनले बताए।
उनी सलोम र्याफ्टिङ ट्रेकिङ कम्पनीमार्फत् लार्के पासका लागि मनास्लु पदमार्ग हुँदै त्यहाँ पुगेका थिए।
प्रतिक्रिया दिनुहोस !