मुगुमा गठबन्धन भत्कियो, सबै दल एक्लै चुनाव लड्ने

मुगुमा गठबन्धन भत्कियो, सबै दल एक्लै चुनाव लड्ने

मुगु : झण्डै एक सातादेखि दैनिक चुनाबी गठबन्धनका बारे बैठक बस्दै आएका यहाँका चार दलहरु सहमतिमा नपुगी अन्तत आआफ्नै तरिकाले चुनावमा जाने भन्दै गठबन्धन तोडेर एक्लै चुनाव लड्ने भएका छन्।

शनिबार बिहानसम्म गठबन्धन गरेर चुनावमा जाने सहमति देखाएका सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीरबीच वडा भागबन्डा नमल्दिा गठबन्धन तोडेर आआफ्नै तरिकाले एक्लै चुनावमा लड्ने निर्णय गरेका हुन्।

शनिबार बिहानसम्म जिल्लाका चारै स्थानीयतहमा गठबन्धन गरेर चुनावमा जाने सहमति जनाएका सत्तारुढ दलहरुले पालिकाको प्रमुख उपप्रमुखको भागबन्डा गरी चुनावमा जाने सहमति गरेको भएपनि वडास्तरको भागबन्डा नमिल्दा गठबन्धन भत्किएको  गठबन्धनका नेता तथा कार्यकर्ताले बताएका छन्।

शनिबार सम्मको सहमतिमा सोरु गाँउपालिकामा एकीकृत समाजवादीलाई अध्यक्ष नेपाली कांग्रेसलाई उपाध्यक्ष खत्याड गाँउपालिकामा नेकपा माओवादीलाई अध्यक्ष नेपाली कांग्रेस उपाध्यक्ष, छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाँउपालिका मेयर र अध्यक्षमा कांग्रेसलाई र उपप्रमुख र उपाध्यक्ष सहमातिमा माओवादी र एकीकृत समाजवादीलाई दिने निर्णय गरेका भएपनि वडास्तरमा भाग नमिल्दा गठबन्ध नगरी मित्रवतरुपले चुनावमा जाने निर्णय भएको नेपाली कांग्रेसका प्रवक्ता प्रकास शाहीले जानकारी दिए।

शाहीले दिएको जानकारी अनुसार आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीय सत्तारुढ दलरुको निर्देशन अनुसार गठबन्धन गरेर जिल्लाका चारै स्थानीयतहमा चुनावमा जाने सहमति भईरहेका बेला अन्तिममा वडास्तरको भाग नमिल्दा चारै दलहरु एक्लै चुनावमा लड्ने निर्णय भएको भएपनि स्थानीयस्तरमा आवश्यकता अनुसार तालमेल गरेर चुनाबमा जान सकिने बताएका छन्।

गठबन्धन तोडिएको छैन केही कुरा नमिल्दा निर्णयमा पुग्न नसकिएको हो। अब चुनावमा कसरी जाने भन्नेबारे अहिले दलहरुको छुट्टाछुटै छलफल भईरहेको छ। छलफल सकिन बित्तिकै पुन चारै दलको छलफलले निर्णयमा पुग्ने नेकपा माओवादीका नगर ईन्चार्ज सुर बुढाले बताएका छन्।

यता नेकपा एमालेले जिल्लाका चारै स्थानीय तहमा भने प्रमुख उपप्रमुखहरुको टुङ्गो लगाई सकेको छ। एमालेले एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको नेकपा एमालेका पार्टी सचिब डवल रोकायाले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.