राप्रपाबाट गोरखा नगरपालिकाको मेयरमा पाण्डे
गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरपालिकाको मेयर र उपमेयर उम्मेद्वारको नाम टुंगो लगाएको छ। मेयरमा रुद्रराज पाण्डे र उपमेयरमा सम्झना लामिछानेको नाम टुंगो लगाएको पार्टीका जिल्ला उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए।
मेयर र उपमेयरका उम्मेद्वारलाई सोमबार गोरखनाथको मन्दिरमा उभ्याएर भ्रष्टाचार नगर्ने कसम खुवाई मनोनयन गर्न लगिने कार्यक्रम रहेको उनले बताए।
चुनावी तालमेलका बिषयमा अझै विभिन्न पार्टीहरुसित छलफल भइरहेको तर निश्कर्षमा नपुगिएको उनले बताए। अन्य पालिकामा तालमेल भएपनि गोरखा नगरपालिकामा भने अलगअलग चुनाव लड्ने निर्णय भइसकेको राप्रपा गोरखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !