विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला इन्चार्जद्वारा मेयरमा उम्मेदवारी दर्ता
गोरखा : विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला इञ्चार्ज योगेन्द्र कुमालले गोरखा नगरपालिकाका मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्रतर्फबाट मेयर पदमा उम्मेद्वारी दर्ता गराएका हुन्।
गोरखा नगरपालिका-१२ कुन्दुरटार निवासी कुमाल नेकपाबाट उम्मेदवार भए पनि सो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको सो पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टले बताए।
कुमाल हालः चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य हुन्। गोरखा नगरपालिकाको उपप्रमुख तथा अन्य पालिका र वडाहरुमा पनि सोमबार मनोनयन दर्ता गराउने तयारी रहेको उनले बताए।
कुमालले स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए।
आइतबार गोरखा नगरपालिकाको मेयर पदमा कुमालसहित मंगोल नेशनल अर्गनाइजेशनका कृष्णबहादुर तामाङले र उपमेयर पदमा मन्सु गुरुङले पनि उम्मेद्वारी दर्ता गराएका छन्। वडा अध्यक्ष र वडा सदस्यमा भने स्वतन्त्रसहित ६ जनाको उमेदवारी परेको केसीले बताए।
प्रतिक्रिया दिनुहोस !