एमालेले गरायो हेटौंडामा उम्मेदवारी दर्ता

एमालेले गरायो हेटौंडामा उम्मेदवारी दर्ता

हेटौंडा : नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मयेरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 

उनीहरुले सोमबार दिउँसो पाउने दुई बजे उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। मेयर र उपमेयरसँगै एमालेले हेटौंडाको १९ वटै वडाका अध्यक्षसहित सदस्यको पनि उम्मेदवारी दर्ता गराएको छ। उम्मेदवारी दर्ता गराउन हेटौंडा ५ स्थित एमाले पार्टी कार्यालयबाट र्‍याली र बाजागाजासहित उम्मेदवार र नेता कार्यकर्ताहरु हेटौंडा-२ स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालय पुगेका थिए।

एमालेबाट मेयरका उम्मेदवार ५८ वर्षीय पौडेल २०७० सालमा मकवानपुरबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। उपमेयरका उम्मेदवार ४६ वर्षीय काफ्ले एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीको गठबन्धन ताड्दै मेयरमा एमालेबाट हरिबोल महत मेयर र उपमेयरमा मिना लामा निर्वाचित भएका थिए। 

उपमेयर लामा हाल सत्तारुढ गठबन्धन भित्रको दल नेकपा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार हुन्। गठबन्धनले उपमेयरमा नेपाली काँग्रसेका राजेश बानियाँलाई उम्मेदवार बनाएको छ। उनीहरुको उम्मेदवारी मनोनयन दर्ता हुन बाँकी रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.