गोरखामा गठबन्धन नगरी उम्मेदवारी दर्ता
गोरखा : सत्ता गठबन्धन पाँच दल स्थानीय तहको चुनावमा पनि गठबन्धन गरी चुनाव लड्ने केन्द्रीय नीति बिपरीत गोरखामा सबै पार्टीले सबै पालिकामा अलगअलग मनोनयन दर्ता गरेका छन्।
मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकामा मनोनयन दर्ता गराएको छ। गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयरमा मसलीमाया थोकर(सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन्।
पालुङटार नगरपालिकाको मेयरमा दीपक कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सिरानचोक गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र गुरुङ, उपाध्यक्षमा रिता देवकोटाले, अजिरकोट गाउँपालिकाको अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्षमा इन्द्र गुरुङ र बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा जीतबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटाले उम्मेदवारी दर्ता गरेका छन्।
धार्चे गाउँपालिकाको अध्यक्षमा सन्तोष गुरुङ, उपाध्यक्षमा फूलमाया गुरुङ, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्ष मेन्दोक छुकी लामाले र आरुघाट गाउँपालिकाको अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपालीले उम्मेदवारी दर्ता गरेका छन्।
भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा रोशन गुरुङ, उपाध्यक्ष अमृता वस्तीले, शहीदलखन गाउँपालिकाको अध्यक्षमा नारायण लामिछाने, उपाध्यक्षमा सर्मिला श्रेष्ठ र गण्डकी गाउँपालिकाको अध्यक्षमा होमबहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीले उम्मेदवारी दर्ता गराएको जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए।
त्यस्तै नेकपा माओवादी केन्द्रले पनि ११ वटै पालिकाको प्रमुख, उपप्रमुख र सबै वडा अध्यक्ष, सदस्यको उम्मेदवारी दर्ता गराएको छ। गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले, पालुङटार नगरपालिको मेयरमा विवश चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनी, उपाध्यक्षमा पूर्णकुमारी कँडेल, अजिरकोटको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, बारपाक सुलिकोटको अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ र धार्चेको अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।
चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले, आरुघाटको अध्यक्षमा ऋषि खनाल र उपाध्यक्षमा पार्वती सापकोटाले, भीमसेन थापाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्ष जुनु श्रेष्ठले, शहीदलखनको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले र गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमल्सिना र उपाध्यक्षमा पार्वती गुरुङले उम्मेदवारी दर्ता गराएको जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले जानकारी दिएका छन्।
नेकपा एमाले गोरखाले पनि सबै पालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गराएको छ। पार्टी सचिव काजीराम रोकाका अनुसार गोरखा नगरपालिकाको मेयरमा सम्झना देवकोटा, उपमेयरमा दिनेश तमु, पालुङटार नगरपालिकाको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठकले उमेदवारी दर्ता गराएका छन्। सिरानचोक गाउँपालिकाको प्रमुखमा देवराज श्रेष्ठ र उपप्रमुखमा शशी देवकोटा, अजिरकोटको अध्यक्षमा गीता पोखरेल र उपाध्यक्षमा शेखर न्यौपाने उम्मेदवारी दर्ता गराएका छन्।
बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा हरि बस्नेत, उपाध्यक्षमा कृष्णकुमारी गुरुङ, धार्चेको अध्यक्षमा सुकबहादुर घले र उपाध्यक्षमा आशा गुरुङ, चुमनुब्रीको अध्यक्षमा सुक गुरुङ र उपाध्यक्षमा सानु गुरुङलेले उम्मेदवारी दिएका छन्। त्यस्तै आरुघाटको अध्यक्षमा कृष्ण नेपाली, उपाध्यक्षमा सिता दाहालले, भीमसेनथापाको अध्यक्षमा सुरेश श्रेष्ठ र उपाध्यक्षमा रुपा भट्ट, शहिदलखन गाउँपालिकाको अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा र, गण्डकी गाउँपालिकाको अध्यक्षमा विष्णु पन्त र उपाध्यक्षमा रेनुका नहर्र्कीले उम्मेदवारी दर्ता गरेको नेकपा एमाले गोरखाका सचिव काजिराम रोकाले जानकारी दिए।
जनता समाजवादी पार्टीले पनि विभिन्न पालिकामा प्रमुख, उपप्रमुख सहित विभिन्न पदमा उम्मेदवारी दिएको छ। सो पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टका अनुसार गोरखा नगरपालिकाको मेयरमा सञ्जु भट्ट नेपाली र उपमेयरमा नारायण खत्री, पालुङ्टार नगरपालिकाको मेयरमा प्रेम गुरुङ, सिरानचोक गाउँपालिकाको प्रमुखमा चित्रबहादुर गुरुङ, अजीरकोटको उपप्रमुखमा मनबहादुर तामाङ, धार्चेको प्रमुखमा विसबहादुर गुरुङ, चुमनुब्रीको प्रमुखमा गणेश कार्की, आरुघाटको प्रमुखमा राजेन्द्र पराजुली, भीमसेनको प्रमुखमा मिलन न्यौपाने र उपप्रमुखमा रोहिणीप्रसाद पाण्डे, शहीदलखन गाउँपालिकाको प्रमुखमा कल्पना थापा र गण्डकी गाउँपालिकाको उपप्रमुखमा भीम श्रेष्ठले उम्मेदवारी दिएका छन्।
नेकपा एकीकृत समाजवादीबाट गोरखा नगरपालिकाको मेयरमा सानुमाया बस्नेत र उपमेयरमा यादव बस्नेतले उम्मेदवारी दिएका छन्।
त्यस्तै राप्रपाबाट गोरखा नगरपालिकाको मेयरमा रुद्रराज पाण्डे र उपमेयरमा सम्झना लामिछानेको उम्मेदवारी परेको छ। मंगोल नेशनल अर्गनाइजेशनले मेयरमा कृष्णबहादुर तामाङ र उपमेयरमा मन्सु गुरुङको उम्मेदवारी दर्ता गराएका छन्।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाको तर्फबाट पूर्व जिल्ला इन्चार्ज योगेन्द्र कुमालले पनि गोरखा नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !