स्थानीय तह निर्वाचन :रौतहटमा ४ हजार बढीले गराए उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन :रौतहटमा ४ हजार बढीले गराए उम्मेदवारी दर्ता

रौतहट : वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि रौतहटका १८ वटा स्थानीय तहमा दल र स्वतन्त्र गरी चार हजार ८ सय ६८ जनाले उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार  रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा मेयरदेखि वडा सदस्यसम्ममा ४ हजार ८ सय ६८ जनाको उम्मेदवारी परेको हो।

चन्द्रपुर नगरपालिकामा ३ सय १३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी  माधवनारायण नगरपालिकामा ३ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने मौलापुर नगरपालिकामा ९२ जनाको मनोनयन दर्ता भएको छ । यस्तै, गौरमा ३ सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गरुडा नपामा  २ सय २९ जना ,ईशनाथ नगरपालिकामा २सय ७७, कटहरीयामा २ सय ४५, गढीमाईमा ३ सय ९, गुजरामा ३सय ४, देवाही गोनाहीमा २सय ४, परोहामा २ सय ७३, फतुवा विजयपुरमा ३सय ४३, बौधिमाईमा ३ सय ११, राजदेवीमा २सय ५४, राजपुरमा २सय ८३, वृन्दावनमा ३सय ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी रौतहटका गाउँपालिकाहरु दुर्गा भगवतीमा एक सय ९६ र यमुनामाईमा २सय ४३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.