गोरखामा दलित नहुँदा पाँच वडामा उम्मेदवार नै खालि
गोरखा : उत्तरी गोरखामा दलित समुदायको बसोबास नहुँदा उम्मेदवार पद नै ‘खालि’ भएको छ। वडा समितिमा एक जना दलित महिला सदस्यको ब्यवस्था गरिएको छ। तर तिब्बतसँग सीमा जोडिएको चुमनुब्री गाउँपालिकाको केही वडामा दलित समुदायको बसोबास नहुँदा सो पदको सदस्यमा उम्मेदवारी नै परेको छैन्।
‘वडानं. २ र ३ मा मात्र दलित महिलाको उम्मेद्वारी परेको छ’, निर्वाचन अधिकृत नानीबाबु पोखरेलले भने, ‘अरु पाँचवटा वडाबाट दलित महिलाको पदमा उम्मेद्वारी नै परेको छैन।’ वडा नं. १, वडा नं. ४, वडा नं. ५, वडा नं. ६ र वडा नं. ७ को दलित महिला सिट खालि रहेको उनले बताए।
वडा नं. २ बाट ल्हाक्पा डिकी कामीको उम्मेद्वारी परेको छ। वडा नं. ३ को कांग्रेसबाट निरमाया बिक, नेकपा माओवादी केन्द्रबाट फुनामी भोटेनी र जसपाबाट निमा कामीको उम्मेद्वारी परेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !