स्थानीय तह निर्वाचन :धनकुटा पाख्रिवासका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी

स्थानीय तह निर्वाचन :धनकुटा पाख्रिवासका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी

धनकुटा : प्रचलित ऐनभन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रिवास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।  नेकपा एमालेको तर्फबाट पाख्रिवास नगरपालिकाको उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही पाटीबाट वडा नं. १० का वडाध्यक्ष पदका उम्मेदवार हरिबहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए । 

उपमेयर पदकी उम्मेदवार गौतम अघिल्लो पाख्रिवास नगरपालिका कार्यपालिका सदस्य हुन् भने वडाध्यक्ष पदका उम्मेदवार खत्री १० नं. वडाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।  उनीहरु विरुद्धको उजुरी पत्रमा पदमा रहँदा प्रचलित ऐनभन्दा बढी सेवासुविधा लिएको आरोप छ ।

बुधबार र बिहीबार मनोनयन पत्र जाँचबझको समय रहेको हुँदा भोलिसम्म उजुरीको सुनवाइ हुने कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार उजुरीमा उल्लेखित कुरा प्रमाणित भए उम्मेदवारी खारेज हुने र यदि गलत भए उम्मेदवारले क्लीनचिट पाउनेछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.