नुवाकोटमा पुगे मतपेटिकासहित ५७ सामग्री

नुवाकोटमा पुगे मतपेटिकासहित ५७ सामग्री

नुवाकोट : बैशाख ३० गते शुक्रबारतय भएको स्थानीय तहको निर्वाचनमा मतदानका लागि नुवाकोटमा मतपेटिकालगायतका सामाग्रीहरु आइपुगेको छ। निर्वाचन आयोगबाट आएका मतदान सामग्रीहरुको वास्तविक अवस्थाको पहिचान गर्ने कार्य भइरहेको छ। 

सदरमुकाम विदुरमा कडा सुरक्षा घेराबीच आएका मतपेटिका तथा अन्य मतदान सामग्रीको रुजु गर्ने र व्याण्डिङ गर्ने कार्य भइरहेको छ। मतदानका लागि विभिन्न ५७ प्रकारका सामग्रीहरु विदुर आइपुगेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ। 

बिदुर र वेलकोटगढी नगरपालिका र १० गाउंपालिकासहित १२ स्थानीय तह रहेको नुवाकोटमा दुई लाख ३७ हजार तीनसय ४३ जना मतदाताको मतदानका लागि मतपेटिकालगायतका अन्य सामग्रीहरु आएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार मतदानका लागि मतपेटिकासहित ५७ प्रकारका सामग्री प्राप्त भइसकेको छ। 

एकसय ३१ स्थलमा कायम गरिएका दुई सय ८७ मतदान केन्द्रका लागि पाँचसय ९४ थान मतपेटिका नुवाकोट आइसकेको कार्यालय प्रमुख गौतमले बताए। उनका अनुसार ८० देखि ८५ लिटर क्षमताका सेतो रंगका मतपेटिका आइपुगेका हुन्। 

मतपेटिकालगायतका अन्य सामग्रीहरु आएपछि कर्मचारीमार्फत त्यसको अवस्थाका सम्वन्धमा स्पष्ट पहिचान गरीमिलाउन सुरु गरिएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ। निर्वाचन आयोगले नुवाकोटका लागि स्वस्तिक छाप, सुरक्षा सिल, छेकावार, मसि, कागजपत्रलगायतका ५७ प्रकारका सामग्रीहरु पठाएको हो। 

मतपत्र र मतदाता परिचयपत्र आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ। ति सामग्रीहरुको उचित अवस्था पहिचान गरी, नष्ट भएको, अस्पष्टलगायतका अवस्थाको वास्तविक पहिचानका लागि सुरक्षितरुपमा कर्मचारीहरुद्वारा केलाउने कार्य भइरहेको छ।
 
सबै कागजपत्र र मतपेटिकाको पहिचानगरी विदुर नगरपालिका साथै अन्य नगरपालिका तथा गाउँपालिकामा स्थापित मतदान अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.