धनुषामा मेयरका ४ उम्मेदवारसहित एक सय ९ जनाको उम्मेदवारी फिर्ता

धनुषामा मेयरका ४ उम्मेदवारसहित एक सय ९ जनाको उम्मेदवारी फिर्ता

जनकपुरधाम : धनुषाका १८ वटा स्थानीय तहमा उम्मेदवारी दिएका मध्ये ४ जना मेयरका उम्मेदवार सहित १ सयभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका छन्। आसन्न तह निर्वाचनका लागि धनुषामा १८ वटा स्थानीय तहमा मेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी १ सय ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका धनुषाका निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ।

धनुषाको जनकपुरधाम उप–महानगरका दुई मेयरसहित उपमेयर, वडाध्यक्ष र सदस्यसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जनकपुरधामको मेयरमा उम्मेदवारी फिर्ता लिनेमा बैद्यनाथ साह, नन्दकुमार भगत, उपमेयरका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदमा उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

त्यस्तै मिथिला नगरपालिकाका मेयर पदका एमालेका बागी उम्मेदवार हरिनारायण महतो र जनता समाजवादी पार्टीका चन्देश्वर महतोसहित ११ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए। यस्तै वडाध्यक्ष पदका ५ र वडा सदस्य पदका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

धनुषाधाममा एक उप–प्रमुखको उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत चिरञ्जिवी गौतमले जानकारी दिए। त्यहाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट उप–मेयरमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंहले उम्मेदवारी फिर्ता लिएकी छन्। वडाध्यक्षका २ र सदस्यका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

बटेश्वर गाउँपालिकामा एक गाउँपालिका अध्यक्षका उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन। निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अध्यक्ष पदका उम्मेदवार खलेन्द्र बहादुर कटुवाल, वडाध्यक्षका १ र दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। 

धनौजी गाउँपालिकामा समेत एक गाउँपालिका अध्यक्षका उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएको छ। निर्वाचन अधिकृत पोषराज खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल र दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।

विदेह नगरपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिए। विदेहमा वडाध्यक्ष पदका २ र महिला सदस्य पदका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

हंसपुर नगरपालिकामा एकजना सदस्य र एक दलित सदस्य सहित दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैला नगरपालिकामा ६ जना वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी दिए।

त्यस्तै क्षीरेश्वरनाथ नगरपालिकामा वडाध्यक्ष पदका ३, सदस्य ४, दलित महिला सदस्य २ र महिला सदस्य १ गरि १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सहिदनगर नगरपालिकामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। त्यहाँ वडाध्यक्ष पदका १, सदस्य २, दलित सदस्य २ र महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले जानकारी दिए।

नगराईन नगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिएका छन। उनका अनुसार वडाध्यक्ष पदका ४, सदस्य ७ र महिला सदस्य पदका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

मिथिला विहारी र कमला नगरपालिकामा वडाध्यक्ष पदका एक/एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने गणेशमान चारनाथ नगरपालिकामा भने ३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

उता मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा ३ जना, औरही गाउँपालिकामा ३ वडाध्यक्ष सहित ७ जना, लक्ष्मिनियाँ गाउँपालिकामा ८ जना र जनकनन्दिनी गाउँपालिकामा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.