बसको छतबाट खसेर युवतीको मृत्यु

बसको छतबाट खसेर युवतीको मृत्यु

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको डाँडाखर्कमा बसको छतबाट खसेर एक युवतीको ज्यान गएको छ। विदुरबाट ३० किलोमिटर पूर्वमा रहेको वेलकोटगढी नगरपालिका–१ डाडाखर्कमा कच्ची सडकमा गुडिरहेको यात्रु बसबाट खसेर स्थानीय एक युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

बेलकोटगढीकै झ्याङ्लीवाट काठमाडौ जाँदै गरेको वा २ ख ४९८१ नं. को यात्रु बसको छतबाट खसेर स्थानीय २१ वर्षिया सुशीका तामाङको घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए। उनका अनुसार बस र बसका चालक नुवाकोटकै विदुर नगरपालिका–२ का ३२ वर्षिय जनकलाल श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।

मृतक युवतीको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरिएको छ। पोष्टमार्टमपछि मृतकका परिवारले शव बुझेर अन्तिम संस्कार गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.